जनता टाइम्स

१५ मंसिर २०७६, आईतवार ११:१९

भक्तपुर प्रदेश १ (ख) मा कांग्रेसका भँडेल विजयी


भक्तपुर, मंसिर १५

भक्तपुरको प्रदेश १ (ख) मा नेपाली कांग्रेसको जितेको छ । विगतमा सत्तारुढ नेकपाले जितेको यो क्षेत्रबाट कांग्रेस २ हजार २ सय ४३ मतान्तरले विजयी भएको हो ।

अन्तिम मत परिणामअनुसार कांग्रेस उम्मेदवार कृष्ण भँडेलले १३ हजार ४ सय ४९ मत प्राप्त गरेर विजयी हुनु भएको छ । उहाका प्रतिष्पर्धी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार देवीप्रसाद ढकाल ले ११ हजार २ सय ६ मत ल्याउनु भएको छ ।

तेस्रो स्थानमा रहेका नेपाल मजदुर किसानका पार्टी उम्मेवार निरज लवजूले ५ हजार २९ मत प्राप्त गर्नुभएको छ । भक्तपुरमा कांग्रेस–राप्रपा (संयुक्त) मिलेर चुनाव लडेका थिए । ३२ हजार ३७ मत खसेको यो क्षेत्रमा ४४५ मत बदर भएको छ ।

२०७४ मा भएको प्रदेश सभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने १२ हजार ७ सय८९ मत ल्याएर विजयी हुनु भएको थियो । काग्रेसका जीवन खत्रीले ९९७७ मत ल्याउनु भएको थियो ।