काठमाडौं, साउन १५ । सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारलाई औरही गाउँपालिकाले राहतस्वरूप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ।
सुनसरीको देवानगञ्ज घटनापछि भएको आन्दोलनका क्रममा गोली लागेर ज्यान गुमाएका औरही गाउँपालिका–२ तुलसीपुर–मोतिपुर निवासी १५ वर्षीय गणेश यादवका परिवारलाई उक्त राहत उपलब्ध गराइने गाउँपालिकाले शुक्रबार सूचना जारी गर्दै जानकारी दिएकाे हो।
गोलबजारमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर यादवको मृत्यु भएको थियो। घटनापछि गाउँपालिकाले शोक व्यक्त गर्दै मृतक परिवारलाई राहतस्वरूप १० लाख रुपैयाँ प्रदान गर्ने निर्णय सार्वजनिक गरेको जनाएको छ।
घटनापछि सिरहासहित मधेसका विभिन्न क्षेत्रमा तनाव उत्पन्न भएको छ भने घटनाबारे थप अनुसन्धान तथा आवश्यक प्रक्रिया अघि बढिरहेको सम्बन्धित निकायले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्