काठमाडौं, साउन १५। आइएमई खल्ती लिमिटेड (खल्ती) ले डिम्याट तथा मेरो शेयर खाता नवीकरण गर्ने समय नजिकिँदै गर्दा आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै ‘एस सय प्रतिशत उपहार’ योजना सञ्चालनमा ल्याएको छ ।
यस योजनाअन्तर्गत खल्ती मार्फत डिम्याट तथा मेरो शेयर नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना भाग्यमानी प्रयोगकर्ताले सय प्रतिशत क्यासब्याक जित्ने अवसर पाउनेछन् । यो योजना श्रावण महिनाको अन्त्यसम्म सञ्चालन हुनेछ ।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडले डिम्याट खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र भुक्तानी गर्न अनुरोध गरेको छ । तोकिएको समयभित्र शुल्क नबुझाएमा साउन १६ गतेदेखि डिम्याट खाता रोक्का हुन सक्नेछ । डिम्याट खाता रोक्का भएपछि शेयर खरिद–बिक्रीलगायतका पुँजी बजारसम्बन्धी कारोबारमा असर पर्न सक्ने भएकाले समयमै नवीकरण गर्नु आवश्यक हुन्छ ।
हाल डिम्याट खाताका लागि वार्षिक सय रुपैयाँ र मेरो शेयरका लागि वार्षिक ५० रुपैयाँ नवीकरण शुल्क तिर्नुपर्ने व्यवस्था रहेको छ। प्रयोगकर्तालाई समयमै नवीकरण गर्न प्रोत्साहित गर्दै खल्ती ले ‘सय प्रतिशत उपहार’ योजना ल्याएको हो ।
योजनाअन्तर्गत खल्तीबाट नवीकरण गर्ने हरेक १५ दिनमा १०० जना विजेताले आफूले भुक्तानी गरेको नवीकरण शुल्क बराबरको सय प्रतिशत क्यासब्याक प्राप्त गर्नेछन्। यस योजना मार्फत प्रयोगकर्ताले वार्षिक शुल्कको भुक्तानीसँगै आकर्षक क्यासब्याक जित्ने अवसर समेत पाउने कम्पनीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्