जनता टाइम्स

१ कार्तिक २०८३, शनिबार ०८:२९

कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण र पद बहाली आज


ललितपुर, असोज ३१ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट सभापति पदमा निर्वाचित गगनकुमार थापाको शपथ ग्रहण तथा पद बहाली कार्यक्रम आज हुँदैछ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार, महाधिवेशनको मतगणना कार्य हिजाे दिउँसो सम्पन्न भएसँगै नव-निर्वाचित सभापतिको शपथ ग्रहण कार्यक्रम आज आयोजना गर्न लागिएको हो। नेपालीहरूको महान पर्व दशैँको सातौँ दिन अर्थात् ‘फुलपाति’ का अवसर पारेर आज अपराह्न २:०० बजे केन्द्रीय कार्यालय बी. पी. स्मृति भवन, बी. पी. नगर, ललितपुरमा शपथ ग्रहण र पद बहालीको कार्यक्रम तय गरिएको छ।

सो समारोहमा सहभागी हुन उपत्यकामा रहनुभएका पार्टीका कार्यकर्ता तथा सञ्चारकर्मीहरूलाई पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुन कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले निमन्त्रणा गर्नुभएको छ।