काठमाडौं, असोज ३१ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने तयारी भए पनि मिति औपचारिक रूपमा निश्चित भइसकेको छैन।
परराष्ट्रमन्त्री शिशिर खनालले शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय हुन बाँकी रहेको बताउनुभयो। सरकार गठन भएदेखि नै भारत सरकारसँग नियमित सम्पर्क भइरहेको उल्लेख गर्दै उहाँले भ्रमणलाई परिणाममुखी र उपलब्धिमूलक बनाउने चाहना रहेको बताउनुभयो।
मन्त्री खनालका अनुसार भ्रमणका क्रममा व्यापार तथा पारवहन, कनेक्टिभिटी, ऊर्जा र सीमा सम्बन्धीलगायत विषयमा सकारात्मक प्रगति गर्ने लक्ष्य राखिएको छ।
भ्रमणका क्रममा ठूला पूर्वाधार तथा जलविद्युत् परियोजनाको उद्घाटन र शिलान्यास गर्नुका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने तयारी रहेको जनाइएको छ।
गत चैत १३ गते सरकारको नेतृत्व सम्हाल्नुभएका प्रधानमन्त्री शाहको यो पहिलो भारत भ्रमण हुनेछ।














प्रतिक्रिया दिनुहोस्