नुवाकोट, असोज २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीपीडितका लागि पार्टीका स्वयंसेवकले निर्माण गरेको अस्थायी आवास हस्तान्तरण गर्नुभएको छ ।
बिदुर नगरपालिकाको पिपलटारमा १८ परिवारलाई पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले बुधवार घर–टहरा हस्तान्तरण गर्नुभएको हो ।
पिपलटारमा एमाले जनसंगठन जिफन्टले १८ परिवारका लागि अस्थायी आवास निर्माण गरेको हो । भोटेकोशी बाढीपीडितको उद्धारदेखि नै सहभागी भएको एमाले जनसंगठन जिफन्टका स्वयंसेवकहरू अध्यक्ष बिनोद श्रेष्ठकै नेतृत्वमा नुवाकोटमा आवास निर्माणको काममा खटिएको थियो ।
सो टोलीले काम सम्पन्न गरेपछि अध्यक्ष ओली आफै फिल्डमा पुगेर हस्तान्तरण गर्नुभएको एमाले प्रचार बिभागका प्रमुख निरज आचार्यले जानकारी दिनुभयो ।





























प्रतिक्रिया दिनुहोस्