जनता टाइम्स

२८ आश्विन २०८३, बुधबार ११:४२

बजेटप्रति असन्तुष्टि जनाउँदै सुदूरपश्चिमका प्रदेशसभा सदस्य वीरबहादुर थापाले दिए राजीनामा


काठमाडौं, असोज २८। सुदूरपश्चिम प्रदेशसभा सदस्य वीरबहादुर थापाले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।

उहाँले प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीसमक्ष राजीनामा बुझाउनुभएको हो। पूर्वमन्त्रीसमेत रहनुभएका थापाले केही समयदेखि प्रदेश सरकारको बजेटप्रति असन्तुष्टि जनाउँदै आउनुभएको थियो।

मंगलबार प्रदेशसभाबाट बजेट पारित भएपछि उहाँले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको हो।

थापाले यसअघि सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीका रूपमा समेत जिम्मेवारी सम्हाल्नुभएको थियो। थापा कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।   

थापाले मंगलबार नै सभामुख भण्डारीलाई राजीनामा पत्र बुझाए पनि सभामुख भण्डारीले यसबारे निर्णय लिन बाँकी छ । सभामुख भीमबहादुर भण्डारीले संसदीय अध्ययन समिति गठन गर्ने र त्यसले दिने प्रतिवेदनका आधारमा अगामी २० कात्तिक भित्र पूरक बजेट ल्याउने बताउनु भएको छ ।