जनता टाइम्स

२१ आश्विन २०८३, बुधबार २३:५८

कांग्रेस सभापतिमा गगनसँग श्यामकृष्ण प्रतिस्पर्धी, यस्तो छ सवै पदका उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)


काठमाडौं, असोज २१ । नेपाली कांग्रेसको जारी १५औं महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छ ।

केन्द्रीय निर्वाचन समितिले दाबी विरोधमाथिको छानबिन र उम्मेदवारी फिर्ताको प्रक्रिया सकिएपछि बुधवार राती अन्तिम नामावली सार्वजनिक गरेको हो । निर्वाचन समितिको जानकारीअनुसार सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सभापतिका उम्मेद्वार किशोरसिंह राठोरले सर्वसम्मत सभापति बनाउन सघाउने भन्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएपनि खडगीले नमान्दा गगनको सपना साकार हुन नसकेको हो । वरिष्ठ उपसभापतिमा भने विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित हुनुभएको छ भने यस्तै महिलातर्फको उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित हुनुभएको छ ।

चार उपसभापतिमध्ये दुई खुला पदका लागि सात जना उम्मेदवार छन । जसमा गोविन्द भट्टराई, चन्द्रकान्त भण्डारी, चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरूङ, मधु आचार्य र सुरेन्द्रराज पाण्डे खुलातर्फ प्रतिस्पर्धामा उत्रनुभएको छ । समावेशीतर्फको एक उपसभापति पदका लागि जीवन परियार, फरमुल्लाह मन्सुर, विनोद चौधरी, रञ्जित कर्ण र सीता गुरूङ गरी पाँच जना प्रतिस्पर्धामा उत्रनुभएको छ ।

यसैगरी महिला १ सहित तीन महामन्त्रीमध्ये दुई खुला पदका लागि आठ जनाको उम्मेदवारी परेको छ । खुला महामन्त्रीमा अमरसिंह पुन मगर, उदयशमशेर राणा, गुरूराज घिमिरे, नैनसिंह महर, प्रदीप पौडेल, शंकर घिमिरे, सन्तोष उपाध्याय र सुनीलकुमार शर्मा उम्मेदवार हुनुहुन्छ ।

यस्तै महिला महामन्त्रीका लागि डिला संग्रौला (पन्त), महालक्ष्मी उपाध्याय (डिना) र रीता खनाल प्रतिस्पर्धामा उत्रनुभएको छ । सहमहामन्त्रीमा पनि उम्मेद्वार धेरै रहेका छन । कांग्रेस महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार बिहान १० देखि साँझ ६ बजेसम्म मतदानको समय तोकिएको छ ।

मतदान स्थल प्रदेश अनुसार राष्ट्रिय सभागृह र खुलामञ्चमा तोकिएको निर्वाचन समितिले जनाएको छ । यस्तै काठमाडौं उपत्यकाबाट महिलातर्फ केन्द्रीय सदस्यमा प्राडा अमिता प्रधान शाक्य निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । कांग्रेस महाधिवेशनमा नेतृत्व लिनका लागि पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म निकै धेरै प्रतिस्पधी देखिएका छन ।

यी हुन सभापतिदेखि केन्द्रीय सदस्यसम्मका उम्मेद्वार