काठमाडौं, असोज २८। नेपाली कांग्रेसको आदिवासी जनजाति क्लस्टरतर्फको सहमहामन्त्री पदमा बहादुरसिंह लामा तामाङ निर्वाचित हुनुभएको छ।
निर्वाचनमा लामाले ३ हजार २४५ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा निर्वाचित हुनुभएकाे हाे ।
उहाँका प्रतिस्पर्धी ओमबहादुर घर्ती मगरले १ हजार ४४६ मत, तारामान गुरुङले ८६३ मत, दिलमान पाख्रिनले ६२२ मत र प्रशान्त मानसिंह मास्केले २४६ मत प्राप्त गर्नुभएको छ।
निर्वाचन परिणामसँगै नेपाली कांग्रेसको आदिवासी जनजाति क्लस्टरतर्फको सहमहामन्त्री पदमा लामाले जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्