काठमाडौं, असोज २४ । नेकपा एमालेले १३ जना केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
एमाले केन्द्रीय कार्यालय च्यासलमा आज सम्पन्न स्थायी कमिटी बैठकले बरिष्ठ नेता बिद्यादेवी भण्डारी निकट रहेका महिला नेतृसहित माधिवेशनमा चुनावमा प्रतिस्पर्धा नगरेका १३ जनालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।
एमाले सचिव महेश बस्नेतले दिनुभएको जानकारीअनुसार बैठकले सृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारीलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

यसैगरी धर्मनाथप्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोक्का, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसीलाई केन्द्रीय सदस्य मनोनीत गरिएको छ ।
सचिव बस्नेतले बैठकका बाँकी एजेण्डाहरू भने अर्काे बैठकबाट टुंग्याउने निर्णय भएको छ ।














प्रतिक्रिया दिनुहोस्