काठमाडौं, असोज ३१ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा सेवा हटाएपछि नेकपा (एमाले) ले ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयको सुरक्षामा पूर्वसैनिक र पूर्वप्रहरी परिचालन गरेको छ।
कार्यालय परिसरमा सुरक्षा जोखिम बढेको महसुस गर्दै एमालेले सीसीटीभी जडान गरी निगरानीसमेत बढाएको जनाएको छ।
एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार नयाँ व्यवस्थाअनुसार पूर्वसैनिक र पूर्वप्रहरीको टोलीले २४ घण्टा कार्यालयको सुरक्षा गरिरहेको छ।
सरकारले २०४८ सालदेखि एमालेको केन्द्रीय कार्यालयलाई उपलब्ध गराउँदै आएको सुरक्षा सेवा केही दिनअघि हटाएको थियो। त्यसपछि पार्टीले आफ्नै व्यवस्थापनमा सुरक्षा व्यवस्था मिलाएको हो।














प्रतिक्रिया दिनुहोस्