जनता टाइम्स

२५ पुष २०७६, शुक्रबार १३:२३

खाँडादेवी प्रगतिशिल युवा समाजको वनभोज, सबैलाई निमन्त्रणा


काठमाडौं, पुस २५

खाँडादेवी प्रगतिशिल युवा समाजले शनिबार वृहत वनभोज कार्यक्रम–२०७६ गर्ने भएको छ । ‘एकता सहयोग रचनात्मक कार्य गर्दै सामाजिक सद्भाव कायम गरौं’ भन्ने नाराका साथ वनभोज कार्यक्रम हुने भएको हो । रामेछाप जिल्लाबाट काठमाडौंमा आएर बसेका सम्पूर्ण जिल्लाबासीहरुलाई समेट्ने उद्देश्यले वनभोजको आयोजना गरिएको समाजका अध्यक्ष राकेश श्रेष्ठले बताउनुभयो ।

उहाँले वनभोजमा रामेछापकै राष्ट्रिय कलाकारहरुमार्फत रचनात्मक एवं मनोरञ्जनात्मक कार्यक्रम गर्ने बताउनुभयो । त्रिभुवन पार्क, थानकोटमा हुने वनभोज कार्यक्रममा कलाकार राजेन्द्र कुमार कार्की, श्रीदेवी देवकोटा, सुर्यमणि आचार्य लगायत उपस्थिति हुने भएका छन् ।  अध्यक्ष श्रेष्ठले बृहत् बनभोज कार्यक्रममा सम्पुर्णलाई निमन्त्रणा समेत गर्नुभएको छ ।