बुटवल, चैत १ । रुपन्देही स्थित नापी कार्यालयका नापी अधिकृत सरोज श्रेष्ठसहित ५ कर्मचारी १७ लाख घुससहित पक्राउ परेका छन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदा लिदै नापी अधिकृत श्रेष्ठसहित सर्भेक्षकद्वय तिर्थराम भण्डारी, थानेश्वर चौधरी, नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा, मतियार राज कुमार अर्याललाई पक्राउ गरेको हो।
उनीहरुले समेतले जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भनि सेवाग्राहीसंग घुस लिएका थिए। उनीहरुलाई बुलटवलले सिद्धार्थ नगरपालिका १३ अशोका होटल नजिकबाट अख्तियारको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका सवैलाई नियन्त्रणमा लिएर अख्तियारले अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस्