जनता टाइम्स

७ चैत्र २०७६, शुक्रबार ११:३७

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित


फाइल फोटो

काठमाडौं, चैत ७

कोरोना भाइरसको संक्रमण फैलिने डरले राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँस गरेर अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ ।

यसअघि विहिवारको बैठक भने सदस्यको ज्वरो नाप्दै बैठक कक्षमा प्रवेश गराएर शुरु गरिएको थियो । कोरोनाको संक्रमणको जोखिम रहेका बेला बैठक जारी राखेको भन्दै आलोचना समेत भएको थियो । प्रतिनिधिसभाको बैठकपनि चैत १३ गतेसम्मका लागि स्थगित यसअघि नै भईसकेको छ ।