जनता टाइम्स

११ जेष्ठ २०८२, आईतवार १६:०४

जनप्रतिनिधिलाई अध्यक्ष ओलीको चेतावनीः पार्टीको मतलब छैन नभन्नू, अर्को पनि चुनाव आउँछ


काठमाडौं, ११ जेठ ।  प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध बलियो हुनुपर्ने बताउनुभएको छ । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका निर्वाचित वडा अध्यक्षहरूको भेलालाई आज ललितपुरमा सम्बोधन गर्दै उहाँले पार्टीको मतलब छैन भन्दै पार्टी विरोधि नहुन निर्देशन दिनुभएको हो । ‘तपाईंहरु पार्टीको कार्यकर्ता हुनुहुन्छ।

तपाईंहरु जनप्रतिनिधि भएर उडिसकेपछि चंगाको धागो काटिएजस्तो पार्टीसँग तपाईंको सम्बन्ध काटिनु हु्ँदैन। झन् बढी नजिक हुनुपर्छ झन् बढी सम्पर्क रहेर। मैले जितेँ, मलाई अरु मतलब छैन, खुरुखरु काम गर्छु, मलाई पार्टीको मतलब छैन भन्यो भने फेरि अर्को चुनाव पनि आउँछ त्यसकारण पार्टी विरोधि नहुनु’एमाले अध्यक्ष ओलीले भन्नुभयो । उहाले सबै साथी विरोधि बनिरहेका हुनाले पार्टी विरोधि नहुन निर्देशन दिए। उनले पार्टीका अपानि र नीति निर्देशन के छन् त्यो अनुसार जनप्रतिनिधि पनि अगाडि बढ्नुपर्ने धारणा राखे। पार्टीको नीति निर्देशनपश्चात कार्यान्वयन गर्ने निकाय भने वडा तह नै रहेको उहाँको भनाई छ। उहाले कुनै लोभ लालच र प्रलोभनमा नपरी काम गर्न वडाअध्यक्षहरुलाई निर्देशन दिनुभयो । उहाँले अन्य दललाई साथमा लिएर अगाडि बढ्न आग्रह गर्नुभयो । एमाले पार्टी बनेको देशको स्वाधिनता, रक्षा र विकासका लागि बनेको बताउनुभयो ।