काठमाडौँ, चैत २४
सरकारले लकडाउनलाई एक साता थप गर्ने निर्णय गरेको छ । दुई हप्तादेखि जारी लकडाउनलाई सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबारको मन्त्रिपरिषद् बैठकले लक डाउन बढाउने निर्णय गरेको छ ।
कोभिड १९ (कोरोना भाइरस) संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ मा थप एक हप्ता (चैत २५ सम्म) लकडाउन थप्ने निर्णय सरकारले गरेको थियो । मंगलबार त्यो अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्