राष्ट्रपतिबाट जारी भएको कार्यकारी आदेशले अमेरिका बाहिर रहेकालाई मात्र लागु हुनेछ। यो आदेस पुर्ब आप्रबासी भिषा जारी भैसेकेका, आदेस पुर्ब ग्रिनकार्ड लिई सकेकालाई लागु हुने छैन भने अमेरीकी नागरिक तथा अमेरिकी सेनाका दम्पत्तीहरु र तिनका २१ बर्ष मुनीका छोरा छोरीको लागि लागु हुने छैन । त्यसैगरी डाक्टर, नर्स, स्वास्थकर्मी तथा मेडिकल रिसर्चसम्बन्धी आउने व्यक्तिहरुलाई लागुहुने छैन भनिएको छ। यस्तै लगानीमा आधारित आप्रबासी तथा अमेरिकाको चाहनामा आउने व्यक्तिहरुलाई आप्रबासी भिषामा रोक लगाईएको छैन भने अमेरिकामा एसआईलम खोज्न पनि रोक लगाईएको छैन
बिनोद पोख्रेल, न्यूयोर्क
अहिले बिश्व कोरोनाको युद्धमा होमिएको छ। युद्धको एउटा पक्ष सारा विश्व एकातिर रहेको छ भने अर्को पक्ष कोराना भाईरस जुन अदृष्य छ । यो जीव हो वा निर्जिब हो ? अहिलेसम्म बैज्ञानिकले छुट्याउन सकेका छनैन, त्यो अर्को पक्षमा उभिएको छ। सारा बिश्व आफ्ना सबै आर्थिक तथा राजनितिक गतीबिधीहरु छोडेर युद्ध मैदानमा होईन, घरभित्रै बसेर यो युद्ध जितिन्छ भन्दै आफ्ना नागरिकलाई सचेत गरिरहेकाछन । जन चेतना फैलाई रहेका छन र जनतालाई घर भित्रै राहत दिने घोषणा पनि गरिरहेका छन। कस्तो बिडम्बना यो युद्धमा संसारकै शक्तिशाली राष्ट्र अमेरिका र युरोपियन देशहरु सबैभन्दा बढी प्रभाबित भएका छन भने कम शक्तिशाली अफ्रिकन, दक्षिण अमेरीकन र आसियाना देशहरु निकै कम प्रभाबित रहेका छन। बिश्वकै अर्थतन्त्र धरापमा पर्ने संकेतहरु देखिरहेका छन।
करिब ५ महिना अगाडि चीनबाट सुरु भएको कोरोनाको महा सग्राममा आजको दिनसम्म आईपुग्दा बिश्वमा २८ लाख भन्दा बढी संक्रमित भै सकेका छन भने करिब १ लाख ९५ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । सबैभन्दा बढी संक्रमित हुने देशहरुमा क्रमश ः अमेरीका, स्पेन, ईटाली, फ्रन्स, जर्मनी, बेलायत, टर्की, ईरान, चीन र रसिया रहेका छन भने चीनले आफूले कोरोना युद्धमा जीत हासिल गरेर आफ्नो अर्थतन्त्र सुधार गर्दै अगाडि बढिरहेको छ।
यस महा संग्राममा बिश्वका बिभिन्न क्षेत्रलाई छुट्यायर बिश्वकै कुल संक्रमित तथा मृत्यु संख्यालाई प्रतिशतको आधारमा हेर्ने हो भने यस्तो देख्न सकिन्छ :
१. युरोप : जम्मा संक्रमित १२ लाख २४ हजार । बिश्वकै संक्रमित संख्याको ४३.६६ प्रतिशत । जम्मा मृत्यु १ लाख १७ हजार ९.५७ प्रतिशत र बिश्वकै कुल मृत्युको ५९.९२ प्रतिशत रहेको छ।
२. उत्तर अमेरिका : जम्मा संक्रमित ९ लाख ७७ हजार बिश्वकै संक्रमित संख्याको ३४.८५ प्रतिशत । जम्मा मृत्यु ५५ हजार ५.६५ प्रतिशत र बिश्वकै कुल मृत्युको २८.१९ प्रतिशत रहेको छ।
३. एसिया : जम्मा संक्रमित ४ लाख ४७ हजार, बिश्वकै संक्रमित संख्याको १५.९४ प्रतिशत । जम्मा मृत्यु १७ हजार ३.७१ प्रतिशत र बिश्वकै कुल मृत्युको ८.४७ प्रतिशत रहेको छ।
४. दक्षिण अमेरिका : जम्मा संक्रमित १ लाख १८ हजार, बिश्वकै संक्रमित संख्याको ४.२ प्रतिशत । जम्मा मृत्यु ५ हजार ४.४७ र बिश्वकै कुल मृत्युको २.६९ प्रतिशत रहेको छ।
५. अफ्रिका : जम्मा संक्रमित २९ हजार, बिश्वकै संक्रमित संख्याको १.०५ प्रतिशत, जम्मा मृत्यु १३२६ जना ४.५० प्रतिशत र बिश्वकै कुल मृत्युको ०.६८ प्रतिशत रहेको छ।
६. ओसियाना (अस्ट्रेलिया, न्यूजिल्यान्ड आदि) : जम्मा संक्रमित ८३३२ जना, बिश्वकै संक्रमित संख्याको ०.३० प्रतिशत । जम्मा मृत्यु ९६ जना १.६७ प्रतिशत र बिश्वकै कुल मृत्युको ०.०५ प्रतिशत रहेको छ।
यसरी तथ्यहरु हेर्दा बिश्वमै सबैभन्दा बढी प्रभाबित तथा मृत्यु हुनेमा युरोप नै अगाडि देखिएको छ भने रिकभर हुने क्षेत्रमा पनि युरोप नै अगाडि छ, जहाँ करिब ४ लाख रिकभर भैसकेका छन । त्यस्तै दोश्रो रिकभर हुने क्षेत्र यशिया नै रहेको छ, जहाँ २ लाख भन्दा बढि रिकभर भै सकेका छन जसमध्ये चीन नै नियन्त्रण गर्ने प्रमुक देश रहेको छ । त्यसैगरी अस्ट्रेलिया, न्यूजिल्यान्ड जस्ता राष्ट्रहरु कम प्रभाबित राष्ट्रको रुपमा रहेका छन।
अब आफु रहेको देश अमेरिकाको कुरा गरौं । जहाँ आजको दिनसम्म ९ लाख भन्दा बढी संक्रमित भै ५१ हजारको भन्दा बढीको मृत्यु भैसकेको छ भने करिब ९० हजार रिकभर भै करिब ७ लाख ६९ हजार अझै कोरोना युद्धमा अमेरीकाबाट अग्रपंतिमा रहेर लडिरहेका छन। अमेरिकामा सबैभन्दा प्रभाबित म आफु बसेकै न्यूयोर्क राज्य रहेको छ । जहाँ मात्रै २ लाख ७६ हजार संक्रमित भएका छन । जुन अमेरिका भरिका संक्रमित संख्याको ३० प्रतिशत भन्दा बढी हो भने यस राज्यमा २१ हजार भन्दा बढीको मृत्यु भैसकेको छ, जुन देशको कुल मृत्युको ४० प्रतिशत भन्दा बढी हो ।
अमेरिकामा कोरोनाको प्रभाब देखिएको साढे २ महिना भन्दा बढी भैसकेको छ भने यो अझै लम्बिदै जाँदा देशको अर्थतन्त्रमै गंम्भीर असर पर्न सक्ने संभाबना यहाँका राजनैतिक आर्थिक बिश्लेषकहरु बताई रहेका छन। सरकारले नियन्त्रणका प्रयास गरिरहेकोछ र केही नियन्त्रण हुदै गईरहेको पनि यस साता देखिएका तथ्यांकहरुले संकेत गरिरहेका छन। कोरोना युद्धमा खटिरह्रेका एक स्वास्थकर्मीका अनुसार अबको दुई सातामा यसको धेरै नियन्त्रण हुनेछ र यसले सकारात्मक आशा जगाऊने छ । तर सामाजिक दुरी कायम गर्ने कार्य भने जारी राख्नु पर्नेछ। सरकारले यसको प्रभाब पर्न नदिन व्यापार, व्यबसाय तथा नागरिकहरुलाई बिभिन्न राहतका प्याकेजहरु ल्याएको र कोरोनाको कारण काम गर्न नसकेकाहरुको लागि समेत बिषेश बेरोजगार भत्ताको समेत व्यबस्था गरेको छ। एक तथ्यांकअनुसार अहिलेसम्म २२ मिलियन भन्दा बढी अमेरिकन बेरोजगार भइसकेका छन ।
देशमा बेरोजगारी बढदै जाँदा अर्थतन्त्रलाई नकारात्मक असर त पर्छ नै तर यसबाट राष्ट्रिय राजनितीमा समेत नकारात्मक प्रभाब पर्ने देखिन्छ। यसै सन्दर्भमा आप्रबासीप्रती सदा नकारात्मक धारणा राख्दै आएका बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्मले यसअघि देखि नै आप्रबासी भिषालाई कडाई गर्दै आईरहेका थिए तर अहिले अप्रिल २३ तारिक राती ११.५९ बजेदेखि लागु हुने गरी आप्रबासी भिषालाई ६० दिनको लागि रोक लगाउने एउटा कार्यकारी आदेश जारी गरेका छन जसअनुसार आप्रबासी भिष बाट अमेरिका आउने कामदारहरु, डिभी लट्री बिजेता र आप्रबासिहरुका बुवा आमा दाजु भाई जस्ता परिवारहरु प्रभाबित हुनेछन। कोरोनाको आक्रान्त खेपेर बसेका अमेरिकनहरु नै कोरोना पछिको श्रम बजारमा प्रथम प्राथमिकता पाउनुपर्छ भन्ने मान्यता राखेर आफुले यो आदेस जारीगरेको राष्ट्रपति ट्रम्मको भनाई छ। यसबारे यहाँको बिपक्षी पार्टी डेमोक्रेटिकहरु भने सहमत छैनन । यसबारे अदालतमा मुद्दा नपर्ला भन्न पनि सकिदैन।
राष्ट्रपतिबाट जारी भएको कार्यकारी आदेशले अमेरिका बाहिर रहेकालाई मात्र लागु हुनेछ। यो आदेस पुर्ब आप्रबासी भिषा जारी भैसेकेका, आदेस पुर्ब ग्रिनकार्ड लिई सकेकालाई लागु हुने छैन भने अमेरीकी नागरिक तथा अमेरिकी सेनाका दम्पत्तीहरु र तिनका २१ बर्ष मुनीका छोरा छोरीको लागि लागु हुने छैन । त्यसैगरी डाक्टर, नर्स, स्वास्थकर्मी तथा मेडिकल रिसर्चसम्बन्धी आउने व्यक्तिहरुलाई लागुहुने छैन भनिएको छ। यस्तै लगानीमा आधारित आप्रबासी तथा अमेरिकाको चाहनामा आउने व्यक्तिहरुलाई आप्रबासी भिषामा रोक लगाईएको छैन भने अमेरिकामा एसआईलम खोज्न पनि रोक लगाईएको छैन। सिएनएनका अनुसार राष्ट्रपतिको यस घोषणाले अमेरिकामा मासिक औसत २६ हजार कादीर भित्रिदा ६० दिनको ५२ हजार आप्रबासी भिषा लिएर आउने प्रभाबित हुनेछन तर यसअघि भएका एक दर्जन भन्दा बढी सुनुवाई तथा रिफ्युजीलाई अस्विकार गर्ने जस्ता आप्रबासी कानुन परिबर्तनले गर्दा धेरै संख्यामा रोक लगाई सकिएको छ।
अमेरिकी हाउस अफ जुडिसियरीका अध्यक्ष Jerrold Nadler का अनुसार यसले अमेरीकि बेरोजगारीलाई खासै असर गर्दैन, मात्र आफ्नो पारिवारिक मिलनलाई रोक लगाएको छ । त्यस्तै इमिग्रेसन तथा सिटिजनसिप चियरमेन Zeo Lofgren Lofgten, D-Calif काअनुसार यो आदेश अमेरिकामा कम आप्रबासी भित्याउने राष्ट्रपतिका सल्लाहकारहरुको आप्रबासी बिरोधी एजेन्डा मात्र हो । एक अध्ययनले यस आदेसले बार्षिक रुपमा आप्रबासी प्रबेसको ५ प्रतिसत मात्र असर पर्छ भनेको छ। नेपालीहरुमा यस आदेशको प्रभाब बिशेश गरि डिभी लट्रिबाट आप्रबासी रुपमा अमेरिका आउनेलाई बढी पर्नेछ भने आप्रबासी कामदारको रुपमा आउनेलाई पनि प्रभाबमा पर्नेछ ।
त्यसैगरी आप्रबासीका परिवारको रुपमा जो भिषा ग्रिनकार्डको प्रक्रियामा छन, उनीहरु समेत यस आदेसबाट प्रभाबित हुनेछन। अमेरिकाबाट प्रकासित पत्रिका खसोखासका अनुसार चालु आर्थिक बर्षका लागि ३६९६ जना नेपालीलाई डिभी लट्रि परेको थियो । त्यसमध्ये १०६९ ले भिषा प्राप्त गरिसकेका छन । बाँकी करिब २६०० भन्दा बढी नेपाली डिभी बिजेता अमेरिका आउन पाउने नपाउने अन्यौलमा रहेका छन । अमेरिकी सरकारले कोरोना संक्रमण सुरु भएदेखि नै आप्रबासीहरुमा नियन्त्रण गरिरहेकोले राष्ट्रपतिको यो आदेशमा डेमोक्याट्सहरुले कुनै अबरोध नल्याए अबधी थप गर्न सक्ने सम्भावना पनि उत्तिकै रहेको छ । यसबाट के कती अमेरिका आउने आप्रबासीहरु प्रभाबित हुनेछन भन्ने अहिले एकिन साथ भन्न सकिने अबस्था छैन।
प्रतिक्रिया दिनुहोस्