काठमाडौं, जेठ २९
‘विरोधका एजेण्डा सकारात्मक देखिए पनि त्यसको प्रभाव भने नकारात्मक पर्नेतर्फ ध्यान जानु जरुरी छ’, प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो सामाजिक सञ्जालमा लेख्नु भएको छ । उहाको यो लाइन राजधानी लगायत केही मुख्य शहरमा भईरहेको प्रर्दशनलाई लक्षित हो ।
बाहिरका केही प्रर्दशन सामाजिक दुरी कायम गरेर गरिएका भएपनि राजधानीको प्रर्दशन भने निक्कै अस्तव्यस्त रुपमा भएको छ । उनिहरुले पिसिआर परीक्षण बढाउनुपर्ने, क्वारेन्टाइनको सुधार गर्नुपर्ने र हिसाबकिताव पारदर्शी बनाउनुपर्ने माग गरेका छन् । सो मागका विषयमा सरकार पनि सकरात्मक रहेको छ भने यसबारेमा बुधबारकै मन्त्रिपरिषद्बाट निर्णय गरेर प्रवक्ता डा. युवराज खतिवडाले सार्वजनिक गरिसक्नु भएको छ ।
अधिकाशं नागरिकको माग पनि यही हो । तर, केही समुहले यसलाई सरकारविरुद्धको अस्त्रका रुपमा प्रयोग गर्न खोजेका छन् । कोरोना महामारीका बेला सामाजिक सञ्जाल कति बलियो हुन्छ भनेर विश्वले देखिसकेको छ । नेपालमा पनि यसको प्रभाव बढ्दो नै छ । तर, विश्व स्वास्थ्य संगठनले नै भौतिक दुरी कायम राख्न भनिरहेका बेला नेपालमा ठुलो सख्यामा भेला भएर प्रर्दशन गर्नु त्यो पनि कोरोनाका विषयमा, कति उचित होला ।
माग पक्कै पनि सही हो । जुन कोरोनाका लागि सरकारले रोकथामको प्रयास राम्रो गरेन भन्दै गरिएको प्रर्दशन नै कोरोना बाढ्ने उत्कृष्ठ प्रसाद बन्न सक्ने स्वास्थ्य विज्ञहरुले चेतावनी दिएका छन् । जनस्वास्थ्य विज्ञ इशा कर्माचार्यले पनि लापरबाही गरेर सङ्क्रमण बढेमा फेरि बन्दाबन्दी गर्नुपर्ने अवस्था आउनसक्ने भएकोले हामी अनुशासित भएर कोरोनासँग लड्नुपर्ने सुझाव दिनुहुन्छ ।
बन्दाबन्दी गर्नुभन्दा खोल्नु जोखिमयुक्त काम भएकोले यसको पालना गराउँदा सम्झौताहीन बन्नुपर्ने र पीसीआर टेस्टको दायरा धेरै बढाउनुपर्ने सुझाव विज्ञहरू दिन्छन् । कोरोना सङ्क्रमणको खोप बनेको छैन, सानो लापर्वाहीले हाम्रो परिवार, आफन्त तथा समुदायमा गम्भीर असर पर्न सक्छ भन्ने कुरा सबैले सम्झनुपर्छ ।
पिसिआर टेष्ट बढाउने र क्वारेन्टाइनलाई व्यवस्थित बनाउने निर्णय गरिसकेको छ । खर्चका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा मै आएर उचित समयमा सार्वजनिक गरिने र कसैले यस्तो महामारीमा भ्रष्टचार गरेको भए सह्य नहुने प्रतिवद्धता व्यक्त गरिसक्नु भएको छ ।
आन्दोलनकारीको माग र सरकारको काम लगभग एउटै दिशामा अगाडी बढेको छ । तर, पनि प्रर्दशनकारीले लकडाउनको उल्लघंन गरेर प्रर्दशन गरिरहेका छन् । उनिहरुबीच न सामाजिक दुरी छ न त क्वारेन्टाइनमै बस्ने गरेका छन् । आन्दोलनपछि उनिहरु आफ्नो कोठा वा घर जाने गरेका छन् । सो भिडमा कुनै संक्रमित रहे उनिहरुले सो संक्रमण घर लिएर जाने र परिवारमा रहेका अन्य सदस्यलाई सार्ने जोखिम रहन्छ ।
यस्तै प्रर्दशन स्पेनमा शुरुमा भएको थियो । सरकारले लकडाउन गरेपछि त्यसको विरोधमा नागरिकले प्रर्दशन गरेका थिए । स्पेनले सेना लगाएर सो भिड हटाउन बाध्य भएको थियो । तर, त्यसको केही दिनपछि नै स्पेनमा कोरोनाको संक्रमण यसरी फैलियो । पहिला विरोध गर्नेहरु पछि आफन्तका लास समेत देख्न नपाउने अवस्थामा पुगे । नेपालमा पनि त्यो अवस्था नआउला भन्न नसकिने देखिएको छ । विरोधको पनि शैली र बेला हुन्छ । आफै र आफ्नो परिवार एंव समाजमा भोली कोरोना संक्रमण फैलिए कसले जिम्मेवार लिने ? सरकारले वा आन्दोलनकारी ले ?
प्रतिक्रिया दिनुहोस्