जनता टाइम्स

२० असार २०८२, शुक्रबार १३:४०

सुदूरपश्चिममा नागरिक उन्मुक्तिको समर्थन फिर्ता


काठमाडाैं, २० असार । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले औपचारिक निर्णय गर्दै सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरेको हो।

संसदीय दलका नेता घनश्याम चौधरीले पार्टी केन्द्रीय समितिको निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो। यो जानकारी संसद् सचिवालयमार्फत प्रदेशसभामा पनि पठाइएको छ।

मुख्यमन्त्रीले सुदूरपश्चिम सरकारमा रहेका आफ्ना मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरिएपछि नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठले विरोध गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउनु भएको थियो । सो पार्टीले केन्द्र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन जनाएको छ ।