जनता टाइम्स

२ असार २०७७, मंगलवार ०९:४९

मिडियालाई गुरु भट्टराईको कडा चुनौती


मसंग फरक मत हुनेले बिषयमा प्रतिबाद गरौ, शैली त आआफ्नै हुन्छ । गलत नियत हुनेहरुले मीठा मीठा शब्द बोलेरै यो मुलुक कसरी जर्जर बनाए भन्ने कुरा नेपालीजन जानकार छन । सत्तासंग नजीक रहेर मुलुक लुट्न पल्केकाहरु पद र प्रतिष्ठा त ती मध्यका कसैले मात्रै प्राप्त गर्ने हैसियत राख्छन भन्ने बुझाइ छ । मसंग मुलुक लुटपाट गर्ने नियतका मान्छेहरु छेउ नपर्दा हुन्छ । यो मेरो जीवनको इनबिल्ट चरित्र हो 

काठमाडौं, असार २ । आफू नेपाल रेल्वेको महाप्रबन्धकमा नियुक्त भएपछि आएका सार्वजनिक टिप्पणी र समाचारलाई लिएर गुरु भट्टराईले कडा चुनौती दिनुभएको छ । आफूलाई सही लागेको र यथार्थमा आधारित भएर सदैव देश र जनताको पक्षमा वकालत गर्दै आएको इतिहास स्मरण गराउँदै भट्टराईले यस्तो चुनौती दिनुभएको हो ।

‘मैले मेरो ब्रम्हले देखेको सही र सत्य कुरा निरन्तर लेख्ने प्रयास गरें । मैले देश र जनताका सवालमा उठाएका बिषयहरुमा चर्चा र परिचर्चा गर्नुको साटो मेरो शैलीलाई अतिरंजित गर्ने प्रयास गरिएको छ । मैले अभिब्यक्त गरेका बिषयहरुमा यति धेरै उकुस मुकुस हुने संचारमाध्यमहरुले जुन बेला मैले बिषय उठाएँ, त्यसबेला किन प्रतिबाद गरेनन ? ,’ भट्टराईले भन्नुभएको छ ।

यस्तो छ भट्टराईको प्रतिवाद

केही दिन यता मेरो बिषयमा संचार माध्ययममा आएका बिषयहरुसंग मेरो ध्यान आकर्षित भएको छ । म यो देशको सेवा, सुबिधा, पद प्रतिष्ठा प्राप्त गर्नुपर्छ भनेर जीवनको कुनै समय खर्च नगरेको मान्छे हुँ । मलाइ ब्यक्तिगत रुपमा चिन्ने मित्रहरुले अन्यथा भए टिप्पणि गरिदिन हुन अनुरोध गर्दछु । मैले मेरो ब्रम्हले देखेको सही र सत्य कुरा निरन्तर लेख्ने प्रयास गरें । मैले देश र जनताका सवालमा उठाएका बिषयहरुमा चर्चा र परिचर्चा गर्नुको साटो मेरो शैलीलाई अतिरंजित गर्ने प्रयास गरिएको छ । मैले अभिब्यक्त गरेका बिषयहरुमा यति धेरै उकुस मुकुस हुने संचारमाध्यमहरुले जुन बेला मैले बिषय उठाएँ, त्यसबेला किन प्रतिबाद गरेनन ? मलाइ राज्यको जुन जिम्मेवारी दिइयो, त्यो मेरो आफ्नै पनि चाहना थिएन । मुलुकलाई माया गर्ने मान्छेले मुलुक निर्माण गर्ने अभियानमा सम्लग्न नभए कहिले हुने ? भन्ने बिषय आएका कारण मैले जिम्मेवारी स्वीकारेको हुँ ।

म आफैको निम्ति ठुलो नलागेको बिषयमा संचारमाध्यम यति धेरै उत्तेजित हुँदा म आफै पनि छक्क परेको छु । पद र प्रतिष्ठा प्राप्त गर्न गुरु भट्टराइ हिड्छ भन्ने कुरा कसैले नसोचे हुन्छ, मैले छोडेर आएको सुख र सुबिधा नेपाल सरकारका कुनै कर्मचारीले पनि प्राप्त गर्दैनन । राजनीतिक योगदान नगरेको मान्छेलाई पद दिइयो भन्ने टिप्पणी पनि सुने । राजनितिक योगदान दलको कारिन्दा बने मात्रै देखिन्छ भनेर भन्ने हो भने भन्नु केही छैन, हैन भने मलाइ ब्यक्तिगत रुपमा चिन्ने मान्छेलाई थाहा छ मेरो योगदान के छ भनेर । नेताको दैलो कहिले चाहरिन, अहिले मलाइ दिइएको जिम्मेवारी कुनै नेता बिशेषको पछि लागेर, कुनै नेताको दैलो चाहरेर प्राप्त गरेको हो भने त्यस्तो दृष्य दुनियाको सामु राखिदिए हुन्छ ।

मसंग फरक मत हुनेले बिषयमा प्रतिबाद गरौ, शैली त आआफ्नै हुन्छ । गलत नियत हुनेहरुले मीठा मीठा शब्द बोलेरै यो मुलुक कसरी जर्जर बनाए भन्ने कुरा नेपालीजन जानकार छन । सत्तासंग नजीक रहेर मुलुक लुट्न पल्केकाहरु पद र प्रतिष्ठा त ती मध्यका कसैले मात्रै प्राप्त गर्ने हैसियत राख्छन भन्ने बुझाइ छ । मसंग मुलुक लुटपाट गर्ने नियतका मान्छेहरु छेउ नपर्दा हुन्छ । यो मेरो जीवनको इनबिल्ट चरित्र हो ।