काठमाडौं, असार २७
पछिल्लो २४ घण्टामा नेपालमा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २५ ओटा प्रयोगशालामा गरिएको ३ हजार ६ सय ४८ जनाको पिसिआर परीक्षण गर्दा सो संख्यामा संक्रमित पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ७१९ पुगेको छ । उहाँका अनुसार २४ घण्टामा ४ सय ३१ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ८ हजार ४४२ जना पुगेको छ । हाल २४ हजार ९७ जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्