विराटनगर, साउन ३०
कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा उपचाररत सिरहा विष्णुपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको प्रदेश १ स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मंगलबार नै अस्पताल भर्ना भएका पुरुषमा बिहीबार साँझ संक्रमण रहेको पुष्टि भएको अस्पतालले जानकारी दिएको छ । ७ बजे संक्रमणको पुष्टि भएको र ८ बजे मृत्यु भएको अस्पतालले जनाउको छ । मृतकमा श्वासप्रश्वास र निमोनियाको समस्या देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस्