जनता टाइम्स

३० श्रावण २०७७, शुक्रबार १३:५०

व्यापारीलाई कोरोना देखिएपछि विशाल बजार क्षेत्र बन्द


काठमाडौँ, साउन ३०

एक व्यापारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौँको प्रमुख व्यापारी केन्द्र जुद्धसडकस्थित विशाल बजार क्षेत्र बन्द गरिएको छ । यस क्षेत्रका व्यापारीलाई कोरोना सङ्क्रमण भएपछि त्यस स्थानमा रहेका पसल भदौ ७ गतेसम्मका लागि बन्द गरिएको हो ।

एक व्यापारीलाई कोरोना देखिएपछि वडा कार्यालयले सूचना जारी गरेर सम्पूर्ण पसलहरु भदौ ७ गते सम्मका लागि बन्द गर्न आग्रह गरेको छ । यसैबीच, काठमाडौं महानगरपालिकाले विशाल बजार क्षेत्रमा कीटनाशक औषधि छर्किएको छ ।