काठमाडौं, भदौ १२
विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको आज कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा विभिन्न सञ्चारमाध्यममा कार्यरत १२५ जना फोटोपत्रकारहरुको आज राष्ट्रिय सभागृहमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको हो ।
राष्ट्रिय फोटोपत्रकार समूह एनएफीजे नेपाल र फोटोपत्रकार क्लवमा आवद्धरहेका र विभिन्न संञ्चार गृहमा कार्यरत फोटोपत्रकारहरुको पिसिआरको लागि स्वाव संकलन गरिएको हो । विभिन्न सञ्चारमाध्यममा कार्यरत उनीलाई कोरोना संक्रमण देखिएपछि आज स्वाव संकलन गरिएको हो । देशभरी पछिल्लो समय संक्रमणको दर बढिरहेको छ । पहिलो पंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसँग सञ्चारकर्मी जोखिममा रहेपछि उपत्यकामा परिक्षण तिव्र पारिएको हो ।
प्रतिक्रिया दिनुहोस्