जनता टाइम्स

६ आश्विन २०७७, मंगलवार १४:१८

सरकारले रोक्यो कर्मचारीको निर्वाचन, यस्तो छ कारण


काठमाडौं, असोज ६

निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको आसन्न निर्वाचन स्थगन गर्ने मन्त्रिपरिषद् निर्णय गरेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको बैठकले निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको आसन्न निर्वाचन स्थगन गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीमा चुनाव गर्न उपयुक्त नभएको भन्दै यही असोज २४ गतेका लागि तय भएको निर्वाचन उचित समयमा मिति तोक्ने गरी हालका लागि स्थगित गरिएको बताइएको छ । साथै आजको बैठकले ‘हिमचितुवा’ का नामले परिचित किर्तीमानी आरोही आङरिता शेर्पाको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको सम्पूर्ण उपचार खर्च राज्यले व्यर्होने र शेर्पाको नाम चिरस्थायी बनाउन राज्यले पहल गर्ने निर्णय गरेको छ ।

विनाअक्सिजन १०औँ पटक सगरमाथा आरोहण गरी विश्वकीर्तिमान कायम राख्न सफल शेर्पाको सोमबार निधन भएको हो । बैठकले अन्य नियमित विषयमा पनि छलफल गरेको छ ।