काठमाडौं, असोज २४ । प्रधानमन्त्रीका प्रेस सल्लाहकारसूर्य थापाले कान्तिपुर टेलिभिजनबाट शुक्रबार प्रसारित एक रिपोर्टमाथि कडा प्रहार गर्नुभएको छ ।
तथ्य भन्दा बाहिर गएर फेक समाचार प्रशारण गरेको भन्दै नेकपाका केन्द्रीय सदस्य र प्रचार बिभाग उपप्रमुखसमेत रहनुभएका प्रेस सल्लाहकार थापाले झुटको खेतीमा नरमाउन चेतावनी दिनुभएको हो । थापासहित प्रधानमन्त्रीका ३ जना सल्लाहकारले सरकारी स्रोतबाट कोरोना परीक्षण गरेको विषयमा उक्त टेलिभिजनले आफै कथा रचेर फेक समाचार प्रकाशरण गरेको थापाको भनाई छ । सल्लाहकार थापाले दुनियाँलाई दिग्भ्रमित पार्ने गरी त्यस्तो फेक समाचार बनाएको भन्दै खेद ब्यक्त गर्नुभएको छ ।
यस्तो छ थापाको जवाफ
कान्तिपुर टेलिभिजनलाई प्रधानमन्त्रीका हामी सल्लाहकारहरूको कोभिड १९ को परीक्षण रिपोर्ट नेगेटिभ आएकोमा असैह्य छटपटी भएको यस खालको एकतर्फी र मनगढन्ते रिपोर्टिङ गरेकोबाट स्पष्ट बुझ्न सकिन्छ । हामी आइसोलेसनमा बस्दासमेत पटकपटक सम्पर्क गर्ने र सूचना जानकरी लिन सक्रिय यस टेलिभिजनका र अरू व्यावसायिक संचारकर्मीहरूले स्वयं यस्ता नकारात्मक र निहीत उद्देश्य प्रेरित बदनाम(गाथालाई के ठान्दा होलान ?
‘बालुवाटार सुनसान भयो भन्ने रियोर्टिङ, दैनिक १० पटकभन्दा बढी सम्पर्क गर्नुपर्ने हामीसँगै, अनि संक्रमणका कारण दैनन्दिन नियमित काममा असर परेको सबैको धारणा, लक्षणहरू केही नदेखिएको स्थिति, कन्ट्याक्ट ट्रेसिङ सबै संक्रमितहरूलाई केन्द्रित गरेर हुने तथ्य र सात दिन पुगेको अवस्थामा तोकिएको मापदण्डअनुरूप नियमित प्रक्रियामा परीक्षण गराउँदा यसरी दुनियाँलाई दिग्भ्रमित पार्न खोज्नु खेदजनक छ ।
यो परीक्षण हाम्रो चाहना, आग्रह र दबाबमा नभएर मापदण्ड अन्तर्गत र जरूरी आवश्यकताअनुरूप नै भएको छ । जनसरोकारका महत्वपूर्ण विषयप्रति उदासीन हुँदै पहाड खनेर मुसा भेट्याएजस्तो गर्नु कान्तिपुर टेलिभिजनको निम्ति यो शोभनीय, व्यापसायिक, तथ्यपूर्ण र मर्यादित रिपोर्टिङ किमार्थ मान्न सकिदैन । यसले रिपोर्टको अन्तिममा गरेको टिप्पणी त झनै दुराशयपूर्ण रहेको हुनाले यसको दुष्प्रचारबाट कत्ति पनि भ्रमित नहुन सबैमा अनुरोध गर्दछु ।
प्रतिक्रिया दिनुहोस्