काठमाडौं, १६ असार। संघीय संसद्को विधायी प्रक्रिया सुस्त बनेको भन्दै सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिका सभापतिहरूसँग विशेष छलफल गर्न लाग्नुभएकाे छ।
आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित शंकर हलमा छलफल हुने सभामुखको सचिवालयले जानकारी दिएको छ। सभामुख घिमिरेले समितिमा विचाराधीन अवस्थामा रहेका विभिन्न विधेयकहरूको प्रगति अवस्थाबारे जानकारी लिने र ती विधेयकहरूमा देखिएको ढिलाइको कारण खोज्ने उद्देश्यले छलफलको आयोजना गरिएकाे हाे ।
हाल विभिन्न समितामा महत्त्वपूर्ण विधेयक अड्किएका छन् । सका कारण संसद्बाट विधेयक पारित गर्ने कार्य ढिलो भएको छ। समितिका सभापतिहरूबिच विधेयक प्रक्रिया, समयसीमा, छलफलको प्राथमिकता लगायत विषयमा आज गम्भीर छलफल हुने बताइएको छ।
यसअघि पनि सभामुख घिमिरेले समितिको सक्रियता अभिवृद्धि गर्नुपर्ने भन्दै पटकपटक छलफल गर्दै आउनुभएकाे छ। संसद्को काम प्रभावकारी बनाउन र कार्यपालिका–विधायिकाबिच समन्वय कायम राख्नका लागि समितिहरूको भूमिकालाई अझ सशक्त बनाउनु पर्ने घिमिरेको धारणा रहँदै आएको छ।
छलफलपछि समितिहरूले अबको कार्ययोजना तय गर्दै विधेयकहरू टुंग्याउन ध्यान दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस्