जनता टाइम्स

२६ आश्विन २०७७, सोमबार २०:५१

मन्त्रिपरिषदले गर्यो दशैंबारे नयाँ निर्णय, अन्तराष्ट्रिय उडानमाथिको रोक कात्तिक मसान्तसम्म लम्बियो


काठमाडौं, असोज २६ । सरकारले कोरोना भाइरसको महामारीलाई थप बढ्न नदिनका लागि कात्तिक मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले असोज मसान्तसम्म रोक लगाइएको अन्तर्राष्ट्रिय उडानलाई कात्तिक मसान्तसम्म लम्बाउने निर्णय गरेको हो । अनुमति लिएर भने उडान गर्न पाइने छ । अहिले पनि निश्चित क्षेत्रबाट भने उडान सञ्चालन भइरहेको छ । मन्त्रिपरिषद बैठकले दसैँबारेमा पनि नयाँ निर्णय गरेको छ ।

दसैँमा आवतजावत धेरै हुने भएकाले अहिले जहाँ हो, त्यही ठाउँमा दसैँ मनाउन आह्वान गर्ने निर्णय गरेको हो । ‘कोरोनाको जोखिम बढेकोले जहाँ हो, त्यँही सुरक्षित रुपमा दशैं मनाउन आह्वान गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ,’ बैठकपछि एक मन्त्रीले जनताटाइम्ससँग भने ।