काठमाडौँ, १६ असार । आजबाट सुरु भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा पार्टी उपसभापति महामन्त्रीको प्रतिवेदन प्रस्तुत गर्नु भएको छ ।
पार्टी केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, लतिलपुरमा बसेको आजको बैठकमा पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशिका संशोधन सम्बन्धी प्रस्ताव र प्रतिष्ठानको प्रतिवेदन प्रस्तुत गर्नु भयो ।
त्यसै गरी महामन्त्री गगनकुमार थापाले बैठकको एजेण्डा प्रस्तुत गर्नुका साथै क्रियाशील सदस्यता नवीकरण प्रगति विवरण सम्बन्धमा बैठकलाई जानकारी गराउनु भएको थियो भने केही भ्रातृ संस्था बारे निर्देशक समितिको रायका आधारमा उपयुक्त निर्णय सम्बन्धमा र नेपाली जनसम्पर्क समितिको व्यवस्थापन र विस्तार सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्नु भयो ।
आजको बैठकमा कोषाध्यक्ष उमेश श्रेष्ठ, केन्द्रीय सदस्यहरुडा। शेखर कोइराला, बलबहादुर के।सी।, कृष्णचन्द्र नेपाली पोखरेल, पुष्पा भुसाल, डा। गोपाल दहित, योगेन्द्र चौधरी, नैनसिह महर, मदनकृष्ण श्रेष्ठ र भरतकुमार शाहले आ–आफ्नो धारणा राख्नु भएको पार्टी मुख्य सचिव कृष्ण पौडेलले जानकरी दिनु भयो ।
विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम जारी रहेको रहेकाले कार्यसमितिको बैठक असार १७ गते बिहान ११ः०० बजे पुनः बस्नेछ बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्