धनगढी, कात्तिक १४ । भारतीय नागिरकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष पक्राउ परेका छन । भारतीय नागरिक अलियास अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी पक्राउ परेका हुन ।
२०७५ फागुन २० मा वडा नम्बर १२ कै हिम्मतपुर शिविरका पुनिराम चौधरी नक्कली बुवा बनेको सिफारिस गरेको भेटिएपछि जोशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कायालय कैलालीले जनाएको छ । अन्सारी टीकापुर नगरपालिका वडा नम्बर ७ मा बस्दै आएका छन। नक्कली बुवा बन्ने चौधरी फरार छन् भने उनका दाजु खुसीराम चौधरीलाई पनि पक्राउ गरिएको छ।
प्रहरीका अनुसार वडाध्यक्ष जोशीलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। आर्थिक लेनदेनका आधारमा जोशीले भारतीयलाई नेपाली नागरिकता दिन सिफारिश गरेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्