जनता टाइम्स

१६ कार्तिक २०७७, आईतवार ११:३३

बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोना संक्रमणमुक्त


हेटौंडा, कात्तिक १६

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोना भाइरस संक्रमण मुक्त हुनु भएको छ । कोरोना पुष्टि भएको १० दिनपछि अर्थात शनिवार धुलिखेलमा गरिएको स्वाब परीक्षणमा मुख्यमन्त्री पौडेलको रिपोर्ट नेगेटिभ आएको हो ।

पौडेलको कात्तिक ६ मा हेटौंडा– १० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उहालाई असहज भएपछि काठमाडौंस्थित गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र बाँसबारीमा उपचार गरिएको थियो ।

मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार पौडेल कोरोना मुक्त भएपनि गंगालालमा उपचार भइरहेको छ । मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको जेठ महिना गंगालालमै मुटुको शल्यक्रिया गरिएको थियो ।