जनता टाइम्स

१८ कार्तिक २०७७, मंगलवार १६:३३

४०० रुपैयाँले बढ्यो सुनको मूल्य, आजको भाउ कति ?


काठमाडौं, कात्तिक १८

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । महासंघले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको हो ।

आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भई १२१० पुगेको महासंघले जनाएको छ ।