काठमाडौं, मंसिर २
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका नेता पृथ्वीसुब्बा गुरुङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको दस्ताबेजलाई आरोपपत्रको संज्ञा दिनुभएको छ । दस्ताबेज दुवै अध्यक्षले पेस गर्नुपर्ने पार्टी एकताको भावनाविपरीत एकल रूपमा पेस भएकाले त्यो दस्ताबेज नभई आरोपपत्र मात्र रहेको उहाँले बताउनुभयो ।
उहाँले उक्त आरोपपत्रको जवाफ प्रधानमन्त्रीले दिन नपर्ने बताउनुभयो । पार्टीमा नमिलेका कुरा छलफल गर्ने विषय भएको भन्दै उहाँले उक्त पत्रको जवाफ दिन नपर्ने भन्नुभएको हो । कार्यकारी अध्यक्ष प्रचण्डले आरोपपत्र दर्ज गर्नुले पार्टीमा संकट पैदा भएको उहाँको टिप्पणी छ । उहाँले प्रचण्डले मिथ्या आरोप लगाएको भन्दै त्यसको जवाफ दिन नपर्ने बताउनुभएको हो ।
पार्टी विभाजनको डिलमा पुगेकाले यसलाई जोगाउन प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्ड दुवैबैले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । उहाँले आइतबार राति प्रधानमन्त्रीसँग पूर्वमाओवादीका केही नेतासहित भएको बैठकमा आफूले यस्तो सुझाब दिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्