जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १०:४५

मन्त्रिपरिषद् बैठक २ बजे, सचिवालय बैठक १ बजे बस्दै


काठमाडौं,  मंसिर ३ । बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक २ बजेलाई सारिएको छ । नेकपाको सचिवालय बैठककै समय पारेर मन्त्रिपरिषद् बैठक बस्दा गलत सन्देश जाने भएकाले बैठक सारिएको बालुवाटार स्रोतले बताएको छ ।

यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिकाअनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार दिउँसो एक बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिनु भयो । सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने स्रोतले जनाएको छ ।