जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १६:२३

उपत्यकामा १०३८ सहित आज थपिए १४४२ कोरोना संक्रमित


काठमाडौं, मंसिर ३

पछिल्लो २४ घण्टामा देशभर १४४२ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा हाल संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ। काठमाडौं उपत्यकामा आज १०३८ जना संक्रमित थपिएका छन् । काठमाडौं जिल्लामा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ गरी जम्मा १०३८ जनमा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर ३ हजार ५३८ जनाले स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । यो संक्रमणमुक्त दर ८५.८ प्रतिशत हो । यो संख्यासँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ। आज देशभर २८ हजार ८७८ जना सक्रिय संक्रमित छन् । संस्थागत आइसोलेशनमा २४५७ जना हुनुहुन्छ ।