जनता टाइम्स

२५ मंसिर २०७७, बिहीबार १४:०४

बिग बास लिग आजदेखि सुरु, टिममा सहभागी हुन सन्दीप लामिछाने अष्ट्रेलिया जाँदै


काठमाडौं, मंसिर २५

नेपाली लेग स्पिनर सन्दीप लामिछाने बिग बास लिगमा सहभागी हुन डिसेम्बर १५ मा अष्ट्रेलिया जानुहुने भएको छ । बिग बास खेल्न आगामी मंगलबार अष्ट्रेलिया प्रस्थान गर्ने कार्यक्रम रहेको छ । लिग अन्तर्गत पहिलो ६ खेल गुमाउने सन्दीपले त्यसपछिको खेल भने खेल्नुहुनेछ ।

मंलगबार बिहान ११ गते काठमाडौंबाट उड्ने र बुधबार भोलिपल्ट एडिलेट पुग्ने कार्यक्रम रहेको छ । त्यहाँ पुगेपछि १४ दिन क्वारेन्टिनमा बस्नुपर्नेछ र त्यसपछि पिसिआर परिक्षण गरेर मात्रै टिमसँग जोडिनुपर्नेछ । आजबाट सुरु भएको बिग बास लिगमा सन्दीपको होबार्ट हुरिकेन्सले घरेलु मैदामा सिड्नी सिक्सर्ससँग प्रतिस्पर्धा गरि रहेको छ ।