काठमाडौं, पुस २
सर्लाहीको अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवालविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरी परेपछि अदालतबाट पक्राउ पुर्जी जारी भएपछि उनलाई पक्राउको तयारी गरिएको हो । सर्लाही प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरका अनुसार अग्रवाल काठमाडौंमा बस्दै आएका छन् । उनीविरुद्ध तीन किसानले उजुरी दिएका छन् । उनले किसानको करौडौं रकम तिर्न बाँकी रहेको बताइएको छ ।
गृह मन्त्रालयले रौतहट, नवलपरासी र सर्लाहीका प्रमुख जिल्ला अधिकारीलाई चिनी उद्योगीलाई कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएपछि चिनी किसानले अग्रवालविरुद्ध उजुरी दिएका हुन् । राजधानीमा आइतबारदेखि उखु किसान आन्दोलनरत छन् भने उनीहरुले उखुको रकम नपाएसम्म आन्दोलन जारी राख्ने बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्