जनता टाइम्स

२३ पुष २०७७, बिहीबार १०:३७

क्यापिटल हिलमा दंगा पछि फेसबुक र ट्विटरले ट्रम्पको खातालाई अस्थायी रूपमा बन्द गर्यो


काठमाडौं पुस २३, क्यापिटल हिल (वाशिङ्टन डि.सि.) मा भएको दङ्गा सम्बन्धिपोस्टमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट आआफ्ना प्लेटफर्मको नियम उलंघन गरेको आरोप मा टुइटर र फेसबूकले जनवरी ६ मा क्रमशः १२ र २४ घन्टाको लागी रास्ट्रपतिको खाता बन्द गरिदिएका छन् ।
टुइटर ले पहिलो पटक लाई १२ घन्टा र भविस्यमा प्लेटफर्मको नियम उलंघन भएमा सदाका लागि बन्द हुन सक्ने समेत चेतावनी दिएको छ भने फेसबुकले आफ्नो अर्को प्लेटफर्म इन्स्टाग्राम समेत २४ घन्टा को लागि बन्द गरिदिएको छ ।

ट्वीटरमा ट्रम्पका ८ करोड ८७ लाख फ्लोअर्स छन् । बुधबार डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जित घोषणा गर्न संसद बसेका बेला ट्रम्पका समर्थक सुरक्षा घेरा तोड्दै संसद भवनमा छिरेर आक्रमण गरेका थिए । एजेन्सी