जनता टाइम्स

१९ फाल्गुन २०७७, बुधबार १९:२५

प्रधानमन्त्री ओलीद्वारा एकसिंगे गैंडा ‘एडप्ट’


काठमाडौँ, फागुन १९

प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्लभ एक सिंगे गैंडा एडप्ट गर्नुभएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखानाको व्यवस्थापन गरेको २५ वर्ष पूरा गरेको अवसरमा आयोजित रजत जयन्ती महोत्सवमा सहभागी हुनु भएका प्रधानमन्त्रीले ‘एडप्ट एन एनिमल’ अभियानको थालनी गर्नुभएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले एकसिंगे गैंडा ‘एडप्ट गर्नुभएको थियो । कोषले वि.सं. २०५२ पुस १४ गतेदेखि सदर चिडियाखाना व्यवस्थापनको जिम्मेवारी पाएको थियो ।
कार्यक्रमपछि प्रधानमन्त्री ओलीले चिडियाखानामा पुगेर त्यहाँ रहेका विभिन्न प्रकारका जंगली जनावरलाई अभिरुचीपूर्वक अवलोकन गर्नुभएको थियो । त्यसक्रममा उहाँले जनावरलाई खाद्यान्न वितरण गर्नुभएको थियो ।