जनता टाइम्स

१६ चैत्र २०७७, सोमबार २१:५८

उपाधि जितेपछि नेपाली फुटबल टोलीले मैदान मै घन्कायो ‘केपी बा वी लभ यू’ को नारा (भिडियोसहित)


काठमाडौं, चैत्र १६

नेपाली फुटबल टोलीले दशरथ रंगशालामा ‘केपी बा वी लभ यू’ को नारा घन्काएको छ । थ्री नेसन्स कप फुबटल च्याम्पियन बनेपछि प्रधानमन्त्री ओलीलाई सम्मान स्वरुप ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको फाइनलमा चिरपरिचित प्रतिद्धन्द्धी बंगलादेशलाई २–१ ले ले पराजित गर्दै नेपाल थ्री नेसन्स कप च्याम्पियन बनेको थियो । उपाधि समारोहमा सामूहिक रुपमा उत्सव मनाईरहेको ठाँउमा पुग्नु भएका प्रधानमन्त्री ओलीसँग तस्विर खिचाउनेक्रममा फुटबल टोलीका खेलाडीले ‘केपी बा वी लभ यू’ भन्दै पटक पटक नारा लगाएका थिए । ओली फाइनल खेलको प्रमुख अतिथिको रुपमा खेल अवधिभर दशरथ रंगशालामा रहनु भएको थियो ।