जनता टाइम्स

७ असार २०७८, सोमबार १७:००

खेलकुद महासंघले हस्तान्तरण गर्यो पत्रकारका लागि स्वास्थ्य सामाग्री


काठमाडौं, असार ७

नेपाल खेलकुद महासंघले प्रेस चौतारी नेपाललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । काठमाडौंमा आज आयोजित एक कार्यक्रमबीच महासंघका अध्यक्ष रमेश पौडेलले प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो । महासंघले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सवैलाई स्वास्थ्य सामाग्री हस्तान्तरणको क्रममा आज पत्रकारका लागि प्रेस चौतारी नेपाललाई हस्तान्तरण गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

उहाँले कोभिड महामारीमा नेपाली पत्रकारले चुनौतीको सामना गर्दै आफ्नै ज्यानको समेत बाजी थापेर जनतालाई सूसुचित गराउने भुमिका निर्वाह गरेको भन्दै महासंघले थोरै भए पनि सघाउन चाहेको बताउनुभयो । कार्यक्रममा संयोजक महासंघका बरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतले कोरोना र प्राकृतिक प्रकोप दुवै महामारीमा परेका नागरिक र फ्रन्टलाइनमा खटिएका सवैलाई सहयोग गर्ने महासंघको अभियान अन्तर्गत पत्रकारका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।

उहाँले आफूहरुले सवै स्थानीय तहसम्म पुगेर पीडितलाई सहयोग गर्ने अभियानका साथ काम गरिरहेको र पत्रकारका लागि पनि थोरै भएपनि सहयोग गर्न पाउँदा गर्वको अनुभुति भएको बताउनुभयो । कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले पत्रकारका लागि प्रेस चौतारीलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकोमा महासंघलाई धन्यवाद दिनुभएको थियो । उहाँले महासंघले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्री साँच्चीकै फिल्डमा खटिने पत्रकारलाई उपलब्ध गराउने जानकारी पनि दिनुभयो ।