जनता टाइम्स

१७ असार २०७६, मंगलवार १८:२१

…त्यसपछि एकाएक गायव भयो प्रचण्ड र बीनाका अनुहारको चमक


काठमाडौं, असार १७

सधैजसो मञ्चमा मुस्कान दिएर बस्ने नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, प्रचण्ड मंगलवारको एउटा कार्यक्रममा भने पुरै अवधी खुल्न सक्नुभएन । लामो समय कार्यक्रममा बस्नुभएका प्रचण्डले एक पटक पनि आफ्नो अनुहारमा पुरानो चमक फर्काउन सक्नुभएन । प्रचण्डपुत्र प्रकाशको निधनपछि गठन भएको प्रकाश दाहाल स्मृति प्रतिष्ठानले गरेको पहिलो कार्यक्रम थियो त्यो । प्रकाशको जन्मजयन्तमिा आयोजित कार्यक्रम भएको कारण उहाँ लगातार शोकमा डुविरहनु भयो ।

उज्यालो फोटोमा सेतो फूलको माला पहिर्याउँदै गर्दा एकाएक गायव भयो प्रचण्डको अनुहारको चमक । एकैछिन उभिएर दह्रो मुठी कस्दै मलिन अनुहारमा झुकेको झुक्यै अभिवादन गरे छोरा प्रकाशको फोटोतिर । जब छोराबारे मनमा खेलेका कुरा सुनाउनु पर्ने अभिभारासहित मञ्चमा पुग्नुभयो प्रचण्ड । आफूलाई कमजोर हुन नदिने निकै प्रयाश गर्नुभयो । तर सक्नुभएन । अनुहारले उहाँमाथिको त्यो बज्रपातलाई सवैसामु राखिदियो ।

प्रचण्ड जम्माजम्मी १२ मिनेटमात्रै बोल्नुभयो । त्यसक्रममा भन्नुभयो, ‘३६ वर्षमै छोडेर गए पनि प्रकाशले सम्पूर्ण जिन्दगी बाँचेको छ ।’

बुवा प्रचण्डकै जस्तो पीडा प्रकाश पत्नी बीना मगरमा पनि देखियो । प्रकाश दाहाल स्मृति प्रतिष्ठानका संयोजकसमेत रहनुभएकी खानेपानी मन्त्री मगरले प्रकाशको समग्र पाटोबारे जानकारी दिँदै सगरमाथा आरोहणका क्रममा प्रकाश दाहालसँग भएका कुराकानी स्मरण गर्नुभयो । २०६९ साल जेठमा सगरमाथा आरोहणकै क्रममा प्रेमपरेपछि प्रकाश र बीनाको बिवाह भएको थियो । प्रकाशबारे एउटै शब्दले सवै कुरा बुझ्न गरी मगरले भन्नुभयो, ‘उहाँसँग फर्किने हिसाब थिएन ।’

एक विदेशीसहित चार पर्वतारोही सम्मानित

पर्वतीय पर्यटन प्रवद्र्धनमा विशेष योगदान गरेको भन्दै ‘प्रकाश दाहाल स्मृति प्रतिष्ठान’ले एक विदेशीसहित चार पर्वतारोहीलाई सम्मान गरेको छ । प्रकाश दाहालको ३८ औँ जन्मजयन्तीको अवसरमा आज आयोजित ‘प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान–२०७६’ कार्यक्रममा सगरमाथा ओरोही तथा सम्पर्क अधिकृतका रुपमा कार्यरत ज्ञानेन्द्रकुमार श्रेष्ठ, आइसफल डा आङ सार्की शेर्पा, पर्वतारोही छिरिङ तुन्डु शेर्पा, साहसिक महिला आरोही माया शेर्पालाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान गर्नुभयो । सोही अवसरमा नेपाललाई विगत ३४ वर्षदेखि सहयोग गर्दै आउनु भएका पर्वतारोही दक्षिण कोरियाका नागरिक अम हङ गिललाई पनि सम्मान गर्नुभयो ।

सगरमाथा ओराहीलाई सम्पर्क अधिकृतका रुपमा सहयोग पुर्याउनु भएका श्रेष्ठ, महिलालाई सगरमाथा ओरोहणका लागि प्रेरित गर्ने माया, आरोहीलाई बाटो बनाई सहयोग गर्ने आइसफल डा आङ सार्की, पर्वतारोही छिरिङ र कोरियन नागरिक गिलको योगदानको बारेमा समेटिएको श्रव्यदृश्य सामग्रीसमेत कार्यक्रममा देखाइएको थियो । यस्तै सो अवसरमा अर्बुद रोगबाट पीडित पूर्वजनमुक्ति सेना धर्मबहादुर ओली र १३ वर्षीय बालिका पल्लवी श्रेष्ठलाई जनही रु एक÷एक लाख नगद सहयोग प्रदान गरियो ।