ताप्लेजुङ, ४ चैत । नेपालमा उत्पादन गरिएको अलैंची कतारको राजधानी दोहाको प्रदर्शनीमा राखिएको छ । पाँच दिनसम्म सञ्चालन भएको कतार एस्पोमा नेपाली अलैंची प्रदर्शन गरिएको हो । दोहामा पाँच दिन सञ्चालन भएको कतार एक्पो सम्पन्न भएको छ । त्यस एस्पोमा नेपाली अलैंची प्रदर्शनीमा राखिएको हो । फुङलिङ नगरपालिका–६ का भीमबहादुर गुरुङले उत्पादन गरेको अलैंची पुष्पलाल ओझाले ताप्लेजुङ ग्रेडिङ गर्नुभयो ।
उहाँले झापाको बिर्तामोडमा प्याकेजिङ गर्नुभयो । त्यहीं अलैंची दोहाको प्रदर्शनीमा राखिएको हो । अहिले प्रदर्शनका लागि दुबई पनि पठाइएको छ । ताप्लेजुङलगायत देशभरको उत्पादन कतार, साउदी अरब, दुबई लगायतका खाडी राष्ट्रमा पुग्छ । तर, नेपालको नामबाट नजाने सरोकारवाला बताउँछन् ।
नेपालकै नामबाट सिधै ति मुलुकमा पठाउने प्रक्रियाका लागि नेपालबाट अलैंची पठाएको वातावरण संरक्षण तथा विकास मञ्चका पूर्वअध्यक्ष चन्द्रप्रकाश भट्टराई (सिपी) ले बताउनुभयो । उहाँका अनुसार गैरआवासीय नेपाली संघ (एनआरएन) को सहयोगमा कतारमा रहेका कुमार खड्का र काजिमान पौडेलमार्फत प्रदर्शनीमा राखिएको हो ।
याफ्रे कृषि उत्पादन प्रशोधन बिक्री तथा निकासी केन्द्र मार्फत लगिएको अलैंची कतारका नागरिकले अधिक मनपराएको र प्रकृयाका विषयमा भट्टराईले बताउनुभयो । प्रदर्शनीमा बसेका पौडेलका अनुसार कतारका नागरिकको चासो देख्ता प्याकेजिङमा सुधार गरेर हवाइ जहाजमार्फत लैजान सकिने हिम्मत बढेको छ ।
‘प्याकेजको बाहिर यहँको स्थानीय भाषामा लेख्नु पर्नेरहे छ,’ उहाँले भन्नुभयो, ‘यहाँको नियमानुसार खाद्य गुणस्तर परीक्षण गराएर यो कस्तो ठाउँमा उत्पादन भएको भनेर खुलाउनु पर्ने रहेछ । कतारका नागरिकले अनिवार्य मसलाको रुपमा प्रयोग गर्दै आएको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो,‘हामीले चिरा मसल तथा बाह्र मसल प्रयोग गरे जस्तै कतारका नागरिकहरुले अलैंचीको प्रयोग गर्ने गर्दछ ।’ कतारमा नेपाली अलैंची प्रतिकेजी १२० रियालमा खरिद बिक्री हुँदै आएको पौडेलले बताउनुभयो । अहिलेसम्म नेपालको अलैंची भारत जाने र भारतले आफ्नै ब्राण्ड बनाएर बिक्रि गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्