जनता टाइम्स

३० असार २०७६, सोमबार १७:२२

विपी प्रतिष्ठानको सामान खरिदमा भ्रष्टचार गरेको आरोपमा तत्कालिन उपकुलपति दासविरुद्ध मुद्दा दायर


काठमाडौं, असार ३०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको वस्तु तथा सेवाको खरिदमा भ्रष्टचार गरेको भन्दै प्रतिष्ठानका तत्कालिन उपकुलपतिसहित आठ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद सम्बन्धमा गरिएको छानविन तथा अनुसन्धानबाट विभिन्न उपकरण (वस्तु) तथा सेवा खरिदको प्रकृयामा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुले प्रचलित ऐन, नियम विपरीत बदनियतपूर्वक गैरकानूनी रुपमा आर्थिक लाभ लिई सप्लायर्स तथा आफूलाई फाइदा र प्रतिष्ठानलाई हानि नोक्सानी पु¥याई भ्रष्टाचार गरेको पुष्टि हुन आएको हुँदा उक्त कार्यमा संलग्न रहेका देहाय बमोजिमका प्रतिष्ठानका पदाधिकारी र सप्लायर समेत ८ जना उपर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । अख्तियारले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति बलभद्र प्रसाद दास (विपि दास), तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हा, तत्कालीन रजिष्टार नन्दकुमार थापा र रजिष्टार तुलबहादुर श्रेष्ठले वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा बोलपत्र सम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेशिफिकेशन र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्त अनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनु पर्ने व्यवस्था उल्ङ्घन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृति तथा संझौता गरी भुक्तानी दिएको पाइएको छ ।

तत्कालीन उपकुलपति दासले चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैयाँ एकहत्तर पैसा, तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हाले अक्षरुपी तीन करोड पचहत्तर लाख तीस हजार छ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा, तत्कालीन रजिष्टार नन्दकुमार थापाले अक्षरुपी एक करोड छयानब्बे लाख नौ हजार आठ सय असी र रजिष्टार तुलबहादुर श्रेष्ठले अक्षरुपी छपन्न लाख सतहत्तर हजार चार सय पाँच अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि भएको देखिंदा निज प्रतिवादी बलभद्र प्रसाद दास (विपि दास) लाई बिगो अक्षरुपी चार करोड आठ लाख अन्ठानब्बे हजार उन्नाइस रुपैयाँ एकहत्तर पैसा, तत्कालीन अस्पतालका निर्देशक अरविन्द कुमार सिन्हालाई बिगो अक्षरुपी तीन करोड पचहत्तर लाख तीस हजार छ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा, तत्कालीन रजिष्ट्रार नन्दकुमार थापालाई बिगो अक्षरुपी एक करोड छयानब्बे लाख नौ हजार आठ सय असी र रजिष्टार तुलबहादुर श्रेष्ठलाई बिगो अक्षरुपी छपन्न लाख सतहत्तर हजार चार सय पाँच कायम गरी ऐ. ऐनको दफा ८ को उपदफा (ज्ञ) बमोजिम कैद र जरिवाना गरी ऐ.को दफा ८(१) बमोजिम विगो समेत असुल उपर गरी पाउनका साथै निज प्रतिवादीहरूको हकमा भ्रष्टचार निवारण ऐन, २०५९ को दफा २४ समेत आकर्षित हुने भएकोले सो दफा २४ अनुसार थप सजाय समेतको मागदावी लिइएको छ ।

वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुख दिनेश राज दाहाल र डेपुटी मेनेजर अमित श्रीवास्तवले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विभिन्न मितिमा भएका वस्तु तथा सेवाको खरिद गर्दा विभिन्न सामानहरूको बोलपत्रसम्बन्धी कागजमा उल्लेखित प्राविधिक स्पेशिफिकेशन र सोही कागजमा संलग्न खरिद सम्झौताका शर्त अनुरूप बोलपत्र सारभूत रूपमा प्रभावग्राही भए वा नभएको स्पष्ट खुलाउनु पर्ने व्यवस्था उल्ङ्घन गरी न्यून कबोल गर्ने बोलपत्रदाताको बोलपत्रको पर्याप्त आधार र तथ्यगत कुराहरुको विश्लेषण नगरी बढी कबोल गर्ने बोलपत्रदाताको बोलपत्र स्वीकृत भएको र सो खरिद प्रक्रियाको मूल्यांकन प्रक्रियामा प्रत्यक्ष सहभागी भै नियम विपरीत खरिद प्रक्रिया अपनाई भुक्तानीका लागि पेश भएको अवस्थामा लेखा प्रमुखको हैसियतले आफ्नो राय नबझाई मिलोमतो गरी भुक्तानी समेत गरी निज लेखा प्रमुख दिनेश राज दाहालले दुई करोड चौतीस लाख एकासी हजार आठ सय उन्नाइस रुपैयाँ एकहत्तर पैसा र डेपुटी मेनेजर अमित श्रीवास्तवले अक्षरुपी एक करोड चौहत्तर लाख सोह्र हजार दुई सय अस्वाभाविक रुपमा बढी मूल्य तिरी खरिद गर्ने गराउने कार्य गरी प्रतिष्ठानलाई नोक्सानी र आफूलाई फाइदा हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) र दफा ८ को उपदफा (१) को देहाय (ञ) बमोजिमको कसुर गरेको स(प्रमाण पुष्टि भएको देखिदा निज प्रतिवादी दिनेश राज दाहाललाई बिगो दुई करोड चौतीस लाख एकासी हजार आठसय उन्नाइस रुपैयाँ एकहत्तर पैसा र डेपुटी मेनेजर अमित श्रीवास्तवलाई बिगो अक्षरुपी एक करोड चौहत्तर लाख सोह्र हजार दुई सय कायम गरी निजहरूलाई ऐ. ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी ऐ.ऐनको दफा ८(१) बमोजिम विगो समेत असुल उपर गरी पाउन समेतको मागदावी लिइएको छ ।

उपकरण सप्लार्य प्रोसिजन मेडिकल प्रा.लि.–वायोमेड इन्टरनेसनल प्रा.लि. का प्रोपराइटर चेतन अग्रवाल र उपकरण सप्लायर्स सर्जिकेम डिस्टिव्युटर्सका प्रोपराइटर उमेश अग्रवालले विभिन्न सामानहरू आपूर्ति गर्दा प्रतिष्ठानका पदाधिकारीसँग मिलेमतो गरी खरिद संझौता गरी भुक्तानी लिई चेतन अग्रवालले जम्मा एक करोड चार लाख सोह्र हजार सात सय सन्तानब्बे र उमेश अग्रवालले अक्षरुपी साठी लाख छत्तीस हजार तीन सय त्रिचालीस हिनामिना तथा भ्रष्टाचार गरी आफूलाई फाइदा र प्रतिष्ठानलाई नोक्सानी हुने कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) अन्तर्गतको कसुर गरेको स(प्रमाण पुष्टि भएको देखिंदा चेतन अग्रवाललाई एक करोड चार लाख सोह्र हजार सात सय सन्तानब्बे र उमेश अग्रवाललाई बिगो अक्षरुपी साठी लाख छत्तीस हजार तीन सय त्रिचालीस कायम गरी निजहरूलाई ऐ ऐनको सोही दफा ८ को उपदफा (४) बमोजिम जरिवाना तथा सजाय गरी निजहरूले हिनामिना गरेको विगो समेत असुल गरी पाउन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरिएको छ ।