जनता टाइम्स

१९ कार्तिक २०७५, सोमबार ११:१२

भाइ मसलाः मधुमेह रोगीले कति र कसरी खाने ?


मधुमेह भएमा रगतमा ग्लूकोजको मात्रा बढी हुने गर्छ । रगतमा ग्लूकोजको मात्रा बढी भएमा शरीरले खानालाई शक्तिमा रुपान्तरण गर्न सक्दैन । रगतमा चिनीको मात्रा बढेमा यसले मुटुलाई नियन्त्रित गर्ने नशा, रक्तबाहिनी तथा मुटुको धमनीमा क्षति पुर्‍याई मुटु रोगको जोखिम बढाउँछ । यही कारण उनीहरुमा हृदयाघात हुने तथा स्ट्रोक हुने सम्भावना समेत उच्च हुने गर्छ । अतः यी संभावित जोखिम टार्नका लागि ड्राइ फ्रुट्स र बियाँ उपयोगी हुन्छ ।

ड्राइ फ्रुट्स र बियाँ स्वास्थ्यको लागि लाभदायक मानिन्छ । अझ मधुमेहका रोगीहरुका लागि यो विशेष फाइदाजनक मानिन्छ । यसमा पर्याप्त मात्रामा प्रोटिन, भिटामिन, फ्याट लगायत खनिज पदार्थ पाइने हुदाँ यसलाई पोषक तत्वको भण्डार पनि मानिन्छ ।

बदाम

स्वास्थ्यका लागि किन हुन्छ, राम्रो ?

बदाममा खाना खानु पहिले (फास्टिङ) र खाना पछिको व्लड सुगर बाहेक इन्सुलिनको मात्रा कम गर्ने विशेष गुण हुन्छ । यसले अक्सिडेटिभ स्ट्रेस (तनाव) कम गर्छ, जो मधुमेह तथा मृटु रोगको कारण बन्ने गर्छ ।

कसरी गर्ने सेवन ?

बदामलाई काँचै सेवन गर्नुपर्छ । नून हाल्नु हुँदैन । यसलाई हल्का रोष्ट गरेर पनि खान सकिन्छ । तर तेलमा प|mाई गर्नु हुँदैन । बदामलाई मसिनो गरी काटेर यसलाई दलिया, ओटमिल, सलाद वा दहीको साथमा पनि सेवन गर्न सकिन्छ ।

ओखर

ओखरलाई किन स्वास्थ्यवर्दक मानिन्छ ?

सन् २०१५ मा गरिएको एक अध्ययन अनुसार रगतमा चिनीको मात्रा बढेमा यसले कोषिकाको एन्टीअक्सिडेन्ट गतिविधिमा कमी ल्याउने गर्छ । जबकी ओखरमा रहेको तेलले एन्टीअक्सिडेन्ट गतिविधिलाई बढाउने गर्छ ।

त्यसैले, ओखरलाई नियमित रुपले खानाले अक्सिडेन्टिभ स्ट्रेसबाट राहत मिल्ने गर्छ ।  अन्यथा, यस्ता तनावले कयौ अन्य प्रकारको समस्या उत्पन्न हुने गर्छ ।