जनता टाइम्स

३० जेष्ठ २०८२, शुक्रबार ०६:०८

दुर्गा प्रसाईँलाई पुर्पक्षका लागि जेल पठाउने अदालतको आदेश 


काठमाडौं, ३० जेठ । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनको हिंस्रक घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँसहित ७ जनालाई अदालतले पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले सो आदेश दिएको हो । सो घटनाका अन्य ३२ जना आरोपीलाई भने अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।

प्रसाईँसँगै तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत, जीतबहादुर श्रेष्ठलाई थुनामा राख्ने आदेश अदालतले लिएको हो ।