काठमाडौं, कात्तिक २२ । नेपाल मगर संघ केन्द्रीय समितिले बलिहाङ्ग पर्व (शुभ–तिहार) को पावन अवसरमा शुभकामना आदानप्रदान तथा देउसी–भैलो कार्यक्रम आयोजना गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा बलिहाङ्ग पर्वको शुभकामना आदानप्रदान गर्नुका साथै देउसी-भैलो खेलेर हर्षोल्लासका साथ पर्व मनाइएको हाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री थापा मगरले यस्ता पर्व तथा सांस्कृतिक कार्यक्रमले समाजमा आपसी एकता, भाइचारा र सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले बलिहाङ्ग पर्वले मगर समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानलाई संरक्षण तथा प्रवर्द्धन गर्न योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री थापा मगरले बलिहाङ्ग पर्व तथा तिहारको अवसरमा सम्पूर्ण मगर समुदायलगायत देश तथा विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।















प्रतिक्रिया दिनुहोस्