जनता टाइम्स

१९ माघ २०७९, बिहीबार १७:४३

सूर्यबिनायकको १३औं नगरसभा सम्पन्न, यस्तो छ पारित योजना र नयाँ कार्यकालको प्रगति बिवरण


भक्तपुर, माघ १९ । सूर्यविनायक नगरपालिकाको नगरसभाको १३ औं अधिवेशन बुधबार सम्पन्न भएको छ । पमुख बासुदेव थापाका अनुसार नगरसभाको यस अधिवेशनमा नगरपालिका मातहतका वडा कार्यालय र विषयगत समिति भित्र पर्ने शाखा तथा इकाईहरुबाट चालू आर्थिक वर्षको गएको ६ महिनामा भए गरेका कामहरुको सम्बन्धमा समिक्षात्मक प्रतिवेदन तयार गरी सो माथि छलफल र निर्णय गरिएको छ ।

यसको अलावा दुईवटा ऐन निर्माण, केही राजस्वका दर समायोजन र चालू आर्थिक वर्षको कूल विनियोजनमा फरक नपर्ने गरी आवश्यकता र औचित्यताको आधारमा केही बजेट शीर्षकमा बजेट विनियोजन रकममा हेरफेर गर्ने सम्बन्धी प्रस्ताव उपर छलफल गरी पारित गरिएको प्रमुख थापाले जानकारी दिनुभयो ।

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटा अनुसार वडागत र विषयक्षेत्रगत रुपमा तयार गरिएको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा विगत ६ महिनाको अवधिमा प्रगति भएको छ । सूर्यविनायक नगरपालिकाको चालू आ.व. को आम्दानी तथा खर्चको अवस्था विश्लेषण गर्दा हालसम्म कुल आय १ अर्व ३२ करोड ५२ लाख ४७ हजार रुपैया र खर्च ४२ करोड २२ लाख ४४ हजार भएको छ ।

प्रगति बिवरण

क.भौतिक पूर्वाधार तथा अन्य योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्था
क्र.स. आयोजना तथा कार्यक्रम विवरण        संख्या (वटामा)
१. कुल स्वीकृत आयोजना                        २९१
२. हालसम्म सम्झौता भई कार्यान्वयनमा भएका आयोजना तथा कार्यक्रम  १०५
३. हालसम्म सम्झौता नभएको आयोजना      १२५
४. हालसम्म कार्यसम्पन्न भई सकेका आयोजना    ७१
५. लक्षित वर्ग लगायत अन्य कार्यक्रम कार्यान्वयन    २०
ड्ड वडास्तरीय भौतिक पूर्वाधार विकासका २९१ र कार्यपालिका बैठकको निर्णयले ९३ गरी जम्मा ३८४ वटा योजना मध्ये हालसम्म १५२ वटा योजना सम्झौता भई १०५ वटा योजनाहरु सम्पन्न भएका छन् ।
ड्ड उज्यालो नगर प्रमुख कार्यक्रमबाट चालू आ.व.मा नगरपालिका क्षेत्रमा जम्मा ११८६ सडक बती जडान ।

ख. आन्तरिक राजस्व परिचालन
वडा कार्यालयहरु रु. ४,१६,७१,८४९.२०
नगर कार्यपालिकाको कार्यालय रु. ५,०८,०६,९२७.२५
कुल जम्मा रु. ९,२४,७८,७७६.५०

ग. सुशासन तथा सेवा प्रवाह
– भवन निर्माण तथा नक्सापास प्रणाली व्यवस्थित गर्नका लागि विद्युतीय भवन अनुमति प्रणाली भ्द्यएक्कार्यान्वयन, न्यायिक समितिको काम कारवाहीलाई प्रविधिमैत्री रुपमा संचालन गर्न र योजना कार्यान्यवनको अभिलेख व्यवस्थित गर्न सफ्टवेयर निर्माण गरी कार्यान्वयन ।
– चालु आर्थिक वर्षको हाल सम्म १३१९ वटा घर नक्सा सम्बन्धी कार्य सम्पन्न। नगरपालिकाको भूमि व्यवस्थापन तथा भवन निर्माण शाखालाई व्यवस्थित फाइलिङ प्रणालीका माध्यमबाट वडागत रुपमा नक्साहरुको पन्जीका सहितको अभिलेख तयार भएको ।
– सूर्यविनायक नगरपालिकाको योजना तथा कार्यक्रम अनुगमन कार्यविधि स्वीकृत गरी पूर्वाधार तथा अन्य कार्यक्रम अनुगमनको लागि वडा तथा नगरस्तरीय अनुगमन समितिबाट आयोजनाहरुको अनुगमन गरी अनुगमन प्रतिवेदनको आधारमा मात्र योजना तथा कार्यक्रमको भुक्तानी दिने पद्धतिको कार्यान्वयन ।
– सूचना तथा तथ्यांक व्यवस्थापनलाई प्रभावकारी बनाई आम नागरिकहरु तथा सम्बद्ध निकायहरुमा नियमित सूचना प्रवाह गर्नप्रवक्ता, सूचना अधिकारी र गुनासो सुन्ने अधिकारीको व्यवस्थाको साथै सूनचा तथा अभिलेख व्यवस्थित गर्न सूचना केन्द्रको स्थापना र संचालन ।
– हालसम्म ३० वटा ऐन सहित ८ वटा नियमावली र ४३ वटा कार्यविधि तथा निर्देशिकाहरु र २ वटा आचारसंहिता गरी जम्मा ८८ वटा कानूनहरु निर्माण ।
– नगरपालिकार अन्तर्गतका कार्यालयमा जनशक्ति व्यवस्थापन र जग्गा विकासको कामलाई व्यवस्थित र नियमित गर्न निम्न २ विधेयक पारित ।
क. सूर्यविनायक नगरपालिका जग्गा विकास(प्लानिङ्ग) तथा हाउजिङ्ग निर्माण सम्बन्धी विधेयक, २०७९
ख. सूर्यविनायक नगरपालिकाको करार सेवामा कर्मचारी व्यवस्थापन सम्बन्धी विधेयक, २०७९
– नगरपालिकाका अन्तिम लेखापरीक्षणको क्रममा औंल्याइएका पेश्की, असुल उपर गर्नुपर्ने र नियमित गर्नुपर्ने बेरुजु फर्छयौटको लागि असुल उपर गर्नुपर्ने बेरुजु, पेश्की बेरुजु, नियमित गर्नुपर्ने बेरुजु र सैद्धान्तिक बेरुजुहरुको वर्गीकरण गरी असुल उपर गर्नुपर्ने र पेश्की बेरुजुको सन्दर्भमा सम्बन्धित व्यक्ति तथा संस्था÷निकायलाई पत्राचार गरी असुल उपर गर्ने प्रकृयाको थालनी ।
– सूर्यविनायक नगरपालिकाको स्थानीय भू उपयोग परिषदको निर्णय बमाजिम कृषिक्षेत्रको राजस्व ८० प्रतिशत घटाउने र आवासीय क्षेत्रको हकमा शतप्रतिशत र व्यवसायिक क्षेत्रको हकमा दुई सय प्रतिशत राजस्व वृद्धि सहितराजस्वको दररेट समायोजन प्रस्ताव कार्यान्वयन ।
– सूर्यविनायक नगरपालिका र काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड प्ग्प्ीसंयुक्त प्रयासमा यस नगरपालिकाको वडा न.१ देखि ६ सम्ममा खानेपानी अभावको दिगो व्यवस्थापन गर्न नगर उपप्रमुख श्री सरिता तिमिसिना भट्टराईको संयोजकत्वमा एक कार्यदल गठन भई मेलम्चीको पानी नगरपालिकामा ल्याउने कार्य प्रकृया तदारुकताकासाथ अगाडि बढेको ।

घ. सामाजिक विकास
– सामुदायिक विद्यालयको सुदृढीकरण र संस्थागत क्षमता विकासको लागि कम्प्युटरसामाग्री, विज्ञान प्रयोगशाला र पुस्तकालय अनुदान प्रदान ।
– गुणस्तरीय सेवामा प्रत्येक नागरिकको पहुँच तथा संविधान प्रदत्त स्वास्थ्य सम्बन्धी हक अधिकारलाई सुनिश्चित गर्न नगरपालिका अन्तर्गतका १३ वटा स्वास्थ्य संस्था र एक अस्पताल मार्फत नियमित रुपमा प्रदान गरिएको स्वास्थ्य सेवा प्रदान जस अन्तर्गत यस आ.व. को पुससम्म ५ बर्ष भन्दा माथिका सबै नागरिकलाई कोभिड १९ विरुद्धको खोप पहिलो,दोस्रो र अतिरिक्त डोज गरी ६२२९० जनालाईपूर्ण खोप सेवा ।
– सूर्यविनायक नगरपालिका अन्तर्गत सूर्यविनायक नगर अस्पताल, जगातीबाट २४ शै घण्टा स्वास्थ्य सेवा प्रदान । यसक्रममा चालु आ.व.को श्रावण देखि पुष सम्म १७६१० जना नागरिकलाई उपचारात्मक सेवा प्रदान जसमध्ये आकष्मिक सेवा ३३८८ जना, प्याथोलोजी सेवा ७६१३ जना, रेडियोलोजी सेवा अन्तर्गत X-Ray ३१९७ जना, USG १७३४ जना, ECG १२२४ जना र फार्मेसी सेवा, OPD, INDOOR, स्वास्थ्य बीमा आदि सबै प्रकारका सेवा उपलब्ध ।

– सूर्यविनायक नगरपालिका भित्रका स्थायी बसोवास गर्ने नागरिकहरुलाई नेपाल सरकारको स्वास्थ्य बीमाको पहुच पुर्याउन एक घर एक स्वास्थ्य बीमाकार्यक्रमका लागि सूर्यविनायक नगरपालिकाबाट रु १००० प्रिमियम रकम अनुदान ब्यहोर्ने गरी स्वास्थ्य बीमा कार्यक्रम सहित सबै वडामा दर्ता सहयोगी मार्फत अभियानको रुपमा संचालन गरी यस आ.व. को श्रावण देखि पुससम्म ९६४ जना नागरिकहरु र १२२ जना जनप्रतिनिधी तथा कर्मचारीहरुलाई स्वास्थ्य बीमामा आबद्धता गरिएको ।
– सूर्यविनायक नगरपलिका क्षेत्र भित्र बसोवास गर्ने मुटु रोग ४२ जना, क्यान्सर रोग ४१ जना, मृगौला रोग ११ जना, मेरुदण्ड पक्षघात २ जना गरी जम्मा ९६ जना विपन्न नागरिकहरुलाई रु. १ लाखको निःशुल्क औषधी उपचार सिफारिस।
– नेपाल सरकारबाट घोषणा गरिएको मृगौला प्रत्यारोपण गरेका, डाईलाइसिस गरि रहेका,क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात विरामीलाई औषधी उपचार खर्च उपलब्ध गराउने सम्बन्धी कार्यविधि,२०७८ अनुसार सूर्यविनायक नगरपालिका भित्र स्थायी बसोवास गर्ने नागरिकलाई छिटो छरितो र सर्वसुलभ तरिकाबाट उपचार खर्च मासीक रु ५००० का दरले १३९ जना सेवाग्राहीहरुलाई पहिलो ३ महिनाको लागि रु. २१ लख बराबरको रकम भुक्तानी ।
– यस अवधिसम्म १८४६ जना जेष्ठ नागरिक परिचय पत्र तथा अपाङ्गता परिचयपत्र २१४ जनालाई वितरण ।
– ईटा भट्टामा हुने बालश्रम न्यूनिकरणको लागि सूर्यविनायक नगरपालिका भित्र रहेका १२ वटै इट्टा भट्टाको स्थलगत अनुगमन गरी आवश्यक निर्देशन ।
– सूर्यविनायक नगरपालिका भित्रका स्थायी बसोबास गर्ने बासिन्दा मध्ये लोकसेवा आयोग तयारी कक्षा लिन इच्छुक व्यक्तिहरुलाई लोकसेवा तयारी कक्षामासहभागी गराउनको लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न ।
– आ.व. २०७९।८० मा न्यूनतम रोजगारीमा संलग्न हुन बेरोजगार दर्ताको लागि ६००जना बेरोजगार व्यक्ति सूचीकरण गरी श्रमिकहरुलाई अभिमुखीकरण गरी वडा नं १ र ८ मा कार्यक्रम शुरु ।
– सामाजिक सुरक्षा भत्ता अन्चतर्गत चालु आ.व.को यस अवधिमा प्रथम किस्ता वापत् ४३२० जनालाभग्राहीहरुलाई रु.चार करोड सत्ताईलाख छयानब्बे हजार चौरासी र दोस्रो किस्ता वापत ४५२९ जनालाई रु.४ करोड ६७ लाख १३ हजार ४ सय ८ वितरण ।
– यस आ.व.मा हाल सम्म संस्था सूचीकरण २४, संस्था नवीकरण ११, संस्था÷ समुह÷समिति दर्ता १९, संस्था÷समुह÷समिति नवीकरण ७, टोल सुधार समिति दर्ता ६, टोल सुधार समिति नविकरण ११ रखानेपानी उपभोक्ता समिति दर्ता ३ वटा भएको ।

ङ. कृषि तथा पशुपंक्षी विकास


– यस नगरपालिकामा हाल सम्म ९३ वटा कृषक समूह र ७७ वटा कृषि तथा पशुपंक्षि व्यवसाय दर्ता भई तरकारी खेती, पशुपालन तथा अन्य रोजगारमूलक कृषि व्यवसाय संचालन।
– हाईब्रिड तरकारीको बिउ ५० प्रतिशत अनुदान अन्तर्गत काउलीको बीउ १०० प्याकेट र बन्दाको बीउ१०० पाकेट वितरण ।
– ५० प्रतिशत अनुदानमा गहुँको बिउ २९३८ के.जी.,उन्नत जातका बिउ १२०० पाकेट र प्रांगारिक मल ५००० के.जी.१० वटै वडा कार्यालयहरुबाट वितरण।
– कृषिसँग सम्बन्धित विभिन्न जैविक तथा रासायनिक विषादीहरु नगरपालिकाबाट नियमित वितरण ।
– अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ बमोजिम यस नगरपालिकाका २२ वटा सहकारी÷कृषि फर्ममार्फत हालसम्मयुरिया १८०० बोरा (९०००० के.जी.) र डि.ए.पि.८०० बोरा(४०००० के.जी.) अनुदानको मल वितरण गरी २२०० जना कृषकहरु लाभान्वित ।
– चालू आ.व.को पौष मसान्तसम्म १४८९ वटा पशुलाई उपचार सेवा, १२४६ वटा गाई, ७६ वटा भैंसी र २३ वटा बाख्रामा कृत्रिम गर्भाधान सेवा प्रदान।
– सामुदायिक कुुकुर व्यवस्थापनका लागि ५०८ वटा कुकुर बन्ध्याकरण तथा ५०० वटा कुकुरलाई रेविज सुई लगाउने कार्य सम्पन्न ।

च. सहकारी
– हाल सम्म सूर्यविनायक नगरपालिका भित्र २२४ वटा सहकारी संस्था रहेकोमा नगरपालिकामा सूचीकृत हुने सहकारी संस्थाहरुको संख्या जम्मा १८९ वटा र २०७९ श्रावण देखि हाल सम्म ११ वटा सहकारी संस्था सूचीकरण।
– यस आ.व.मा सहकारी संस्था नवीकरण ११४ वटा, सिफारिस तथा पत्राचार ३५ वटा, र सहकारी संस्थामा लेखापरीक्षक नियुक्तिको लागि स्विकृतिप्रदान ८८ वटा ।
– सहकारी संस्थाहरुको दर्ता, नियमन र एकीकरणको लागि कार्यविधी निर्माण गर्नुको साथै अनुगमन तथा निरीक्षणलाई व्यवस्थित ढंगले अगाडि बढाउन नगर उप प्रमुखज्यूको नेतृत्वमा सहकारी अनुगमन समिति निर्माण भई कार्यान्वन ।

छ. वातावरण तथा विपद् व्यवस्थपन
– फोहरमैलाको समस्या समाधानका लागि स्रोतमा नै फोहर वर्गीकरण कार्यक्रम अगाडि बढाई यस क्रममा वडा नं ४ का दुई हजार घरधुरी र वडा नं ५ का दुई हजार घरधुरीमा वर्गीकरण कार्यक्रम संचालन ।
– नगरपालिकाबाट घर निर्माण सम्पन्न प्रमाण पत्र दिदा एक थान कम्पोष्ट विन उपलब्ध गराउने कार्यक्रमबाट प्रत्येक घरमा करिब ५० प्रतिशत कुहिने फोहरलाई कम्पोस्ट मल बनाई करेसाबारी एवं कौशीखेतीप्रवर्धन कार्यक्रमकार्यान्वयन।
– सूर्यविनायक नगरपालिका र चांगुनारायण नगरपालिकाको संयुक्त लगानीमा एक थान दमकल खरिद गरी दमकल संचालन कार्यविधि समेत तर्जुमा गरी जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुर मार्फत संचालन ।
– नेपाली सेनाको सूर्यविनायकमा अवस्थित ईन्द्रबक्स गणमा विपद् जोखिम व्यवस्थापन केन्द्र स्थापना गरी केन्द्रमा विपद्को समयमा आवश्यक पर्ने सामग्रीहरुलाई तयारी अवस्थामा राखिएको ।

ज. स्थानीय विवाद निरुपण
– सूर्यविनायक नगरपालिका, न्यायिक समितिमा चालु आ.व.को पौष मसान्तसम्म ५९ उजुरी दर्ता भएकोमा २० उजुरीको कार्य फछ्र्याैटभई हाल न्यायिक समिति समक्ष जम्मा ३९ उजुरीहरु कारवाही प्रकृयामा रहेका ।
– दर्ता भएका उजुरीहरुको प्रकृति अनुसार सवैभन्दा बढी १७ वटा उजुरीहरु जग्गा किचलो, १४ वटा बाटो मापदण्ड सम्बन्धी, ३ वटा ज्याला मजुरी सम्बन्धीर २÷२ वटा उजुरी निर्माण रोक्का र जेष्ठ नागरिकको हेरचाहसँग सम्बन्धी, २ वटा उजुरी आर्थिक कारोवार तथा वैना बट्टा सम्बन्धी र १९वटा उजुरी अन्य विभिन्न प्रकृतिका विवादसँग सम्बन्धित ।
– फाटेका मनहरुलाई सिलाई विवादमा मेलमिलाप गराउन वडा मेलमिलप केन्द्रलाई क्रियाशील तुल्याउन ४२ जना मेलमिलापकर्तालाई तालिम दिई रोष्टर तयार पार्ने कार्य सम्पन्न ।

झ. अनुगमन
– चालू आ.व.को यस प्रतिवेदन अवधिसम्म नगरस्तरीय अनुगमन समितिबाट ६७ वटा विभिन्न आयोजना तथा कार्यक्रमहरुको अनुगमन गरी अनुगमनका क्रममा सुधारका लागि निर्देशन समेत दिईएको ।
– बजार अनुगमन गरी नगरपालिकामा दर्ता नभई संचालनमा रहेका व्यवसायहरुलाई दर्ता प्रकृयामा सामेल गराउनुको साथै अनुगमनका क्रममा भेटिएको म्याद नाघेको सामग्रीहरु नष्ट गरिएको । आगामी दिनमा उपभोक्ता हितलाई उच्च प्राथमिकता दिई छिमेकी नगरपालिकाहरुसंग समेत सहकार्य गर्दै गुणस्तरीय सामग्री बेचविखन नगर्ने व्यसायीहरु प्रति शुन्य सहनशिलताको नीति बमोजिम कारवाही प्रकृया अगाडि वढाउने कार्ययोजना तयार भएको ।
– स्थानीय बजार क्षेत्रमा अव्यवस्थित पार्किङ्ग, र ठेला गाडा लगायतबाट ट्राफिक आवागमनमा परेको प्रतिकूल असर न्यूनीकरणको लागि अव्यवस्थित रुपमा सडक क्षेत्रमा ठेलागाडा व्यवसाय संचालन गर्ने नागरिकहरुलाई वडा नं ८ जगातीमा रहेको सूर्यविनायक हरित तरकारी बजारसंग समन्वय गरी उक्त बजारभित्र निशुल्क रुपमा ३ महिनासम्म स्टल राख्न पाउने र स्टल वापतको धरौटी समेत नलाग्ने व्यवस्था सुनिश्चित गरिएको।