हिन्द महासागरीय क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्न कर्वाडको छातामा प्रजातान्त्रिक कित्तामा मुलुकहरूले निरन्तर रूपमा सैनिक अभ्यास समेत गरिरहेको छ । हिन्द महासागरीय क्षेत्र संसारको नै व्यापारिक लाइफ लाइन हो । यो क्षेत्रमा कुनै एक राष्ट्रको बाहुल्यता र दवदवा बढेको खण्डमा विश्व अर्थतन्त्र नै असन्तुलित हुन सक्दछ
विपिन देव
भारतका परराष्ट्र मन्त्री डा. जयशंकरले अमेरिका स्थित हडसन शोध संस्थानको व्याख्यान मालामा भारत अमेरिकी सम्बन्ध महत्वको वारेमा प्रकास पारेका छन । वदलिदो परिवेशमा रसिया र चीनको गठजोड र गठबन्धनले अमेरिकालगायत पश्चिमा शक्तिहरू उद्वेलित भएको छ । सत्तरीको दशकमा सोभियत संघलाई घेरावन्दी गर्न हेनरी किसिनजरले रोडम्याप तयार गरेका थिए । तदनुरूप अमेरिकी राष्ट्रपति निकस्न चीन यात्रा गरेका थिए । सत्तरीको दशकभन्दा पहिले चीन पछौटेपको शिकार नै थियो ।
अमेरिकी पूँजी, प्रविधि र पश्चिमा व्यापार र बजारलाई दोहन गर्दै चीन हरेक बहुपक्षीय मञ्चहरूमा अमेरिकी वर्चशवलाई चुनौती दिएको छ । दक्षिण चीन सागरमा चीनको दवदवा र हुँकार र डंकारले आसियानलगायत पश्चिमा संसारसमेत आक्रान्त रहेको अवस्था छ । हरेक दबावका बावजुत पनि रसियाले युक्रेनमाथिको आक्रमक्ताममा कमी गरेको छैन । संयुक्त राष्ट्र संघलाई सम्वोधन गर्ने क्रममा रसियाको परराष्ट्रमन्त्री लावरोभले रसिया युक्रेनको विवाद युद्धद्वारा नै टुङ्याउने भने पश्चिमा जगतलाई घम्कीसमेत दिएको छ ।
यी परिवेश र परिस्थितिमा भारत अमेरिकी सम्बन्ध रचनात्मक ढङ्गले अगाडि वढिरहेको छ । भारत अमेरिकी सम्बन्ध सघनतातर्फ बढ्नुका विभिन्न आयामहरू छन् । चीनिया राष्ट्रपति सीको आर्थिक नीतिले गर्दा चीनमा लगानी गरेका अमेरिकी पूँजीपति र व्यापारिक घरानाहरू चीनिया बजारको विकल्पको खोजी रहेका छन । संसारमा सबभन्दा अधिक जनसंख्या भएको देश भारत उनीहरूको लगानीको लागि उर्वर भूमि हुने हो भने अमेरिकी नीतिकारहरूको बुझाई रहेको छ ।
अर्कातर्फ हतियारलगायत प्रविधिको क्षेत्रमा समेत भारत रसियाबाट आफ्नो निर्भरता घटाई रहेको छ । भारतलाई समेत अमेरिकी पूँजी र प्रविधिको आवश्यकता रहेको छ । भारत अमेरिकी सम्बन्धलाई सघन बनाउनुमा अमेरिकामा रहेका भारतीय परवाशीहरूको भुमिका सबभन्दा महत्वपूर्ण रहेको छ । अमेरिकामा बसोवास गरिरहेका भारतीय मूलका समुदाय सबभन्दा अब्वल समुदाय रहेको छ । यसको संख्यामा उल्लेख्य वृद्धि भएको छ । भारतीय समुदायको ज्ञान र प्रतिभाबाट अमेरिकी शासन प्रणाली अभिभूत्त भएका छन् । सन् १९४९ मा भारतका प्रथम प्रधानमन्त्री जवाहर लाल नेहरु अमेरिका यात्रा गर्दा भारतीय मुलका जनसंखया अमेरिकामा तीन हजार मात्र थिए ।
सन १९६६ मा तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी अमेरिका यात्रा गर्दा भारतीय मुलका ३० हजार पुगिसकेका थिए । सन १९८५ मा भारतीय प्रधानमन्त्री राजीव गान्धी यात्रा गर्दा भारतीय मुलका जनसंखया ३ लाख पुगेको वर्तमान थियो । परिवेश विल्कुलै फरक देखिएको छ । हाल भारतीय मुलका नागरिकको संखया ३० लाख पुगिसकेका छन् । सिलकन भ्याली जस्ता सफ्ट वेयर निर्माण गर्ने ठाउँमा कुल दक्ष जनशक्तिको ४० प्रतिशत भारतीय मुलकोले नै ओगटेको छ ।
अर्थात् अमेरिका भारत सम्बन्धलाई सघन र सूमधुर बनाउनमा भारतीय मुलको नागरीकहरू भूमिका महत्वपुर्ण रहेको छ । साथ साथै धुव्रिकृत विश्वमा चीन, रसिया, पाकिस्तान, इरान जस्ता मुलुकहरूको गठवन्धनले गर्दा प्रजातान्त्रिक शक्तिहरूबीच सहकार्य र सरोकारको आवश्यकतालाई मध्यनजर गर्दै आईटु र युटु पनि हो । जानकारहरू यसलाई नयाँ कर्वाड भनिएता पनि मध्य एसिया, दक्षिण एसिया र अमेरिकालाई जोड्ने संगठनको रूपमा यसलाई लिएको देखिन्छ । आएटुयुटु भन्नाले अमेरिका, इजरायल, युएई र भारत बुझिन्छ । अमेरिकी र भारत विचको सघनता बढाउन पनि यो संगठनले उल्लेख्य भुमिका खेलेको छ ।
भर्खरै जी ट्वान्टीको सम्मेलनमा विश्वका दिगग्ज नेताहरूलाई एक मञ्चबाट सहमतिको विगुल बजाउन लगाउनु भारतीय कूटनीतिको महारथलाई अमेरिकाले नजर अन्दाज गरेको छैन । अर्थात रसियालाई सन्तुलनमा ल्याउन र चीनलाई दवावमा राख्न भारतको सार्मथ्यलाई अमेरिकाले स्वीकार गरेको देखिन्छ । साथ साथै जी ट्वान्टी शिखर सम्मेलनको सेरोफेरोमा भारत मध्य एसिया र युरोप कोरिडोरको अवधारणा र योजनाले चीनको विआरआए योजनालाई चुनौती दिन सार्मथ्य राख्दछ । विआरआएमा १ ट्रिलियन अमेरिकी डलर लगानी भएता पनि अपेक्षाकृत लक्ष्य प्राप्त भएको छैन । तर भारत मध्य एसिया युरोप कोरिडोर निर्माण भएको खण्डमा प्रजातान्त्रिक कित्ताको ओज बढ्नु सक्ने जानकारहरूको बुझाई रहेको छ ।
हिन्द महासागरीय क्षेत्रमा चीनको बढ्दो प्रभावलाई सन्तुलन गर्न कर्वाडको छातामा प्रजातान्त्रिक कित्तामा मुलुकहरूले निरन्तर रूपमा सैनिक अभ्यास समेत गरिरहेको छ । हिन्द महासागरीय क्षेत्र संसारको नै व्यापारिक लाइफ लाइन हो । यो क्षेत्रमा कुनै एक राष्ट्रको बाहुल्यता र दवदवा बढेको खण्डमा विश्व अर्थतन्त्र नै असन्तुलित हुन सक्दछ ।
अमेरिका भारत कर्वाडको सक्रियताले गर्दा भारत अमेरिका सम्बन्ध अब्वल भएको देखिन्छ । भारत अमेरिकी सम्बन्ध सहि बाटोमा जानुको कारण संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्यमा भारतको दावीलाई अमेरिकाले सर्मथन दिएको छ । आतंकवाद, जलवायु परिर्वतन, खुला बजार, उदारीकरण र विद्युतीयकरण जस्ता मौलिक समस्यालाई समाधान गर्न समेरिका र भारतले आप्mनो सयकार्यलाई अगाडि बढाएको छ । सत्तरीको दशकमा चीनसंग गठजोड गर्दै अमेरिकाले सोभियत रुसलाई तहसनहस गरेको थियो भने त्यही नीतिलाई अबलम्वन गर्दै भारतसंग सामरिक सम्बन्धलाई बलियो बनाउँदै चीनलाई घेर्ने अमेरिकी नीति रहेको छ ।
प्रतिक्रिया दिनुहोस्