काठमाडौं, जेठ १९ । वैज्ञानिकहरूले नयाँ ग्रह पत्ता लगाएका छन ।
अन्तराष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार यो ग्रह पृथ्वीभन्दा सानो तर शुक्रभन्दा ठूलो छ । यो ग्रहको नाम ग्लिशे १२–बी राखिएको छ । यो ग्रह पत्ता लगाउन वैज्ञानिकहरूले नासाको ट्रान्जिटिङ एक्सोप्लानेट सर्वेक्षण उपग्रह (टीइएसएस) टेलिस्कोप प्रयोग गरेका थिए ।
रोयल एस्ट्रोनोमिकल सोसाइटीको मासिक नोटिस जर्नलमा यसको खोजलाई विस्तृत रूपमा वर्णन गरिएको छ । यो ग्रहमा मानव जीवन सम्भव हुन सक्ने बैज्ञानिकहरुको विश्लेषण छ ।
हालसम्म पत्ता लागेको बसोबासयोग्य एक्सोप्लानेट्समध्ये यो पृथ्वीको सबैभन्दा नजिकको हो । यो नयाँ बसोबास योग्य ग्रह ग्लिशे १२–बी को खोजमा युनिभर्सिटी कलेज अफ लन्डनको ठूलो योगदान रहेको समाचार एजेन्सीहरुको भनाई छ ।
‘यो निकै रोचक छ कि यो पृथ्वीको धेरै नजिक रहेको ट्रान्जिटिङ ग्रह हो । यसको तारा/सूर्यको बसोबास योग्य क्षेत्रमा हुन सक्छ वा बस्न योग्य बन्नको लागि विकसित हुन सक्छ,’ यस खोजमा संलग्न लारिसा पालेथोर्पले भन्नुभयो ।
खोजमा संलग्न बैज्ञानिकहरुका अनुसार यस ग्रहले करिब ४० प्रकाश वर्ष टाढा मीन राशीमा रहेको एउटा सानो ताराको परिक्रमा गरिरहेको छ ।
यस्तै एक्सोप्लानेटको सतहको औसत तापक्रम ४२ डिग्री सेल्सियस रहेको छ । अध्ययनका अनुसार नयाँ एक्सोप्लानेटको सतहको औसत तापक्रम ४२ डिग्री सेल्सियस रहेको छ, जुन अहिलेसम्म फेला परेका ५ हजार २ सय भन्दा बढी एक्सोप्लानेट्सभन्दा कम हो ।
पृथ्वीको सतहको औसत तापक्रम हेर्दा १५ डिग्री सेल्सियस छ । बैज्ञानिकहरुका अनुसार हाल उपलब्ध सबै भन्दा छिटो अन्तरिक्ष यान ग्लिशे १२–बी पुग्न लगभग २.२५ लाख वर्ष लाग्ने छ ।
प्रतिक्रिया दिनुहोस्